क्यानाडा (स्कारबोरो ) : नेपालीहरूको महान चाड विजया दशमी तथा दशैंको अवसर पारेर क्यानाडाको स्कारबोरोमा दशैं फेस्टिभलको आयोजना गरिएको छ । अक्टोबर १२ तथा यहि असोज २६ गते स्थानीय समय अनुसार दिनको ३ बजेबाट सुरु हुने कार्यक्रम रातको १२ बजे सम्म जारी रहने छ । The Stage Magna मा आयोजना हुने सो कार्यक्रममा गीत संगित, डिनरसहित अन्य विविध मनोरञ्जनात्मक गतिविधिहरू हुनेछन् । Himalayan Events को आयोजना, Aayam Education And Visa Services , NEPCAN Insights र I र U Entertainment को प्रयोजनमा सो कार्यक्रम हुन लागेको हो । सहभागि हुनेले १५ डलर शुल्क बुझाएर सो उत्सवमा सहभागि हुन सकिन्छ र पार्किङ निशुल्क गरिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्