रचना तिमल्सिना
पौष २९, पिपरा गाउँपालिका । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा सडक सञ्जालको कामलाई निरन्तरता दिदैं अघि बढीरहेको छ । पालिकाको केन्दलाई जोड्ने मुख्य सडकखण्डमा थप सुधार गर्ने र सडक नपुगेको ठाउँमा निर्माण कार्य भइरहेको अध्यक्ष बिक्रम चौधरीको भनाई छ ।
उहाँले भन्नुभयो, स्वास्थ्य, शिक्षा, कृषि लयागत अन्य क्षेत्रमा पनि उल्लेखनीय प्रगती भएको छ । कृषकहरुलाई निःशुल्क विउ विजन वितरण गर्ने र स्थानीयहरुलाई स्रोत साधनले भ्याएसम्म कृषि क्षेत्रमा प्रात्साहन गर्ने कार्य भइरहेको उहाँले जनाउनु भयो । विगतको तुलनामा सबै वडामा विकास निर्माण कार्यमा परिवर्तन छाएको चौधरीले भन्नुभयो ।
यस्तै, कोरोनाको उच्च जोखिम रहेको सक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रमद्धारा आफना नागरिकहरु सामु सतर्कता अपनाएको अध्यक्ष चौधरी बताउनु हुन्छ । कोरोनाबाट प्रभावित भएका र अन्य व्यक्तिहरुलाई स्वास्थ्य सामाग्रीहरु समेत वितरण कार्य भएको उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्