नेपाल नगरपालिका संघले स्थानीय तहमा सवयंसेवक खटाउने

नेपाल नगरपालिका संघले स्थानीय तहमा सवयंसेवक खटाउने

काठमाण्डौ। नेपाल नगरपालिका संघले आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा समयमै बजेट ल्याउन स्वयंसेवक खटाउने तयारी थालेको छ । संघले आगामी आवदेखि तीनवटा प्रदेशमा स्वयंसेवक खटाउने जनाएको हो । संघले प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्वयंसेवक खटाउन संघले युएनडिपीसँग सम्झौता गर्ने तयारी गरेको जनाइएको छ ।

स्वयंसेवकले प्रदेशका स्थानीय तहले बजेटबारे छलफल गर्ने र आवश्यक क्षेत्र हेरेर स्थानीय तहलाई संघले सहयोग गर्ने जनाइएको छ । समयमा बजेट नल्याउने स्थानीय तहलाई प्रेरित गर्न स्वयंसेवक खटाउने तयारी गरिएको संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिनुभएको छ । गत आव र चालु आवमा पनि धेरै स्थानीय तहले समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् । उनीहरुमा देखिएको समस्याको विषयमा संघले छलफल र सहयोगका आधारमा वजेट निमार्णको प्रयास गरेको जनाइएको छ । अहिले पनि १८ नगरपालिकाले बजेट ल्याउन नसकेको जनाइएको छ । संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र सबै स्थानीय तहले बजेट पेस गर्नुपर्ने भए पनि त्यो मितिसम्ममा ५६ वटा मात्र नगरपालिकाले मात्र बजेट ल्याएको जनाइएको छ ।

नेपालमा दुई सय ७६ नगरपालिका, ११ वटा उपमहानगरपालिका र ६ महानगर गरी दुई सय ९३ वटा नगर छन् । गाउँपालिकातर्फ भने सबै चार सय ६० वटैले बजेट ल्याइसकेका छन् । कार्यकारी निर्देशक देवकोटाकाअनुसार नगरपालिकाले दसैँअगाडिसम्म बजेट ल्याए संघले पास हुने वातावरण बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्