कविता पोखरेल
पौष २८, हरिनगर गाउँपालिका । स्थानीय सरकार व्यवस्थापन भए पश्चात जतनाहरुले एक सच्चा र कुशल नेतृत्व गर्न सक्ने जनप्रतिनिधिहरु चुनिका छन् । जनताहरुले आफनो ठाउँमा आमुल परिर्वतन ल्याउनका लागि सम्पूर्ण कुराहरु निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सुम्पेका छन् ।
यसै, सन्दर्भमा सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा पनि एक कुशल नेतृत्व गर्न सक्ने र विकास निर्माणको लागि अचुक भिजन भएका प्रभावशाली जनप्रतिनिधिको आगमनसाँगै पालिकामा विकास निर्माण कार्यले तिव्रता पाएको अवस्था छ । सडक सञ्जाल, स्वास्थ्य, शिक्षा, पुल, कृषि लगायत अन्य क्षेत्रमा विकास निर्माण कार्य भइरहेको अध्यक्ष गफार अन्सारी मिया बताउनु हुन्छ ।
पालिका देखि वडालाई जोड्ने सडक निर्माण कार्य सम्पन्न भएको र नियमित रुपमा सवारी साधन चल्ने उहाँले भन्नुभयो । अहिले सबै वडामा विद्युत पुगेको अवस्था छ र यसबाट पालिका वासीन्दाहरुमा खुसी छाएको मियाले बताउनु भयो । पालिकाले प्रदेश कै नमुना र पुस्तौसम्म टिक्नसक्ने १० वटा पुल निर्माणाधिन अवसथामा रहेको मियाले भन्नुभयो । समग्रमा सम्पूर्ण क्षेत्रलाई समेट्दै यस पालिका चाँडै विकसित र समृद्धिको उचाईमा पुग्ने अध्यक्ष मियाले विश्वास व्यक्ति गर्नुभयो ।
यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिहरुलाई सुरक्षा र सचेतना गराएको उहाँले जनाउनु भयो । बाहिरबाट आएका नागरिकहरुको लागि सुविधा सम्पन्न पालिका स्तरीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको अध्यक्ष मियाले बतनाउनु भयो । कोरोनाबाट प्रभावित भएका र विवन्न घर धुरीहरुलाई राहत समेत वितरण गरेको अध्यक्ष मियाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्