दोलखामा जाग्यो माओवादी केन्द्र, सहिद परिवार तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिव्रता

दोलखामा जाग्यो माओवादी केन्द्र, सहिद परिवार तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिव्रता

काठमाण्डौ ।

नेकपा माओवादी केन्द्र दोलखाले सहिद परिवार तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिव्रता दिएको छ ।

नेकपा माओवादी केन्द्र दोलखाकी इन्चार्ज देवि खड्काको अगुवाईमा पार्टीको जिल्ला संयोजक गोपाल पाण्डे, प्रदेश कमीटी सदस्य नर बहादुर पाख्रीन, कुल बहादुरर बुढाथोकी वाइसिएल दोलखाका अध्यक्ष नवराज अर्याल, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य चन्द्र कुमार लामा लगायतका नेताहरु उक्त अभियान जिल्लाव्यापी भ्रमणमा रहनु भएको छ ।

गत चैत्र १० गते बसेको पार्टीको विस्तारित बैठकले जिल्लाको वडा कमिटीदेखी पालिका कमिटी सम्मको बैठक बस्ने निर्णय अनुसार अभियान संचालन गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक पाण्डेले जानकारी दिनुभयो । जनयुद्धममा लागेर घाईते भएका र सहिद भएका परिवारहरुलाई भेटेर प्रमाणपत्र वितरण र उनिहरुको समस्याहरु सुन्ने काम समेत पार्टीले गरिरहेको नेता पाण्डेले बताउनुभयो ।

सर्वोच्च अदालतले नेकपालाई ब्युँताएर माओवादी केन्द र एमालेलाई पुर्वतव पार्टीको रुपमा फर्काईदिएपछि जनताबाट आएको गुनासो र स्थानिय तहमा आफ्नो पार्टीको सरकार र अन्य पार्टीको सरकारले गरेका कामहरुको बिषयमा समेत मुल्यांकन गरिने उहाँले बताउनुयो । जिल्लाका केहिजनप्रतिनिधिहरुले आफुखुसी काम गरेको र आफ्नो मान्छेलाई प्राथमिकता दिएर काम गरको गुनासो जनताबाट आएको उहाँको भनाई छ ।

आगामी दिनमा संगठन विस्तारलाई सजिलो बनाउन पार्टीलाई सुद्धिढिकरण बनाउने काममा अफुहरु लागी परेको अनेरास्ववियुका केन्द्रिय सदस्य लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्