समृद्ध नगरपालिका निर्माण गर्ने करिकल्पनामा छौं: नगर प्रमुख अधिकारी

समृद्ध नगरपालिका निर्माण गर्ने करिकल्पनामा छौं: नगर प्रमुख अधिकारी

कविता तिमल्सिना
माघ १४ बाँसगढी नगरपालका । मुलुकमा सहि नेतृत्व गर्न सक्ने विवकासको मार्ग बोकेको र भिजन भएको एक कुशल जनप्रतिनिधिको आम नागरिकहरुलाई आजको आवश्यता हो । यसैं सन्दर्भमा, स्थानीय सरकारको व्यवस्थापन पछि बर्दीया जिल्लाको बाँसगढी  नगरपालिकामा पनि एक कुशल र कर्मनिष्ठ जनप्रतिनिधि चुनीएको करिब साढे ३ वर्ष कटी सकेको छ ।

नगर प्रमुख सालिकराम अधिकारीले गर्नु भएको उनको ३ वर्षको अवधिमा गर्नु भएको विकासको योगदान उक्तिकै उदाहरणीय र योग्य छ । निर्माण भएको सडकलाई सुधार गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्ने काम भइरहेको छ । आम सर्वधाहरुलाई यो सडक निर्माण पछि यात्राको लागि सहज पुग्नेछ । पुल नभएको ठाउँमा पुल निर्माण देखि शैक्षिक क्षेत्र अन्तर्गत नगरको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरी र प्राविधिक शिक्षाको लागि विशेष पहल गर्दै आइरहेको छ । शिक्षालाई सर्वसुलभ प्रविधियुक्त बनाउनको लागि पालिकाले विभिन्न योजनाहरु गरेको नगर प्रमुख अधिकारीको भनाई छ ।

आफु निर्वाचित पनि यस पालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्दैं विगतको तुलनामा भन्दा चातर्फी किासको काम भएको र पालिकालाई समृद्धिको उचाईमा पु¥याउनको लागि निरन्तर लागि रहेको उहाँको भनाई छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि नगरमा जनचेतनामुलक कार्यक्रम गरी आम नागरिकहरुलाई सतर्कता गराएको थियौं नगर प्रमुख अधिकारीले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका र बाहिरबाट आएका नागरिकहरुको लागि नगरस्तरीय सुविसयुक्त क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको नगरका, नगर प्रमुख अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्