प्रतिगमनको विरुद्ध अनेमसंघ दोलखाद्धारा पदर्शन तथा भेला

प्रतिगमनको विरुद्ध अनेमसंघ दोलखाद्धारा पदर्शन तथा भेला

सुदिप कार्की/दोलखा

सरकारको प्रतिगमन, महिला हिंसा, बलात्कार बिरुद्ध अखिल नेपाल महिला संघ दोलखाले सदरमुकाम चरिकोटमा विरोध पर्दशन तथा भेला गरेको छ ।

अनेम संघकी केन्द्रिय सदस्य लक्ष्मी धितालको अध्यक्षतामा भएको पर्दशन कार्यक्रममा अनेम संघ दोलखाकी जिल्ला ईन्चार्ज देवि खड्काको प्रमुख आतिथ्यता र नेकपाको अनुशासन आयोगका केन्द्रिय सदस्य शिव प्रसाद भण्डारीको बिषेश आतिथ्यता रहेको थियो । यस्तै, अतिथिहरु रिता रिमाल, शंकर लामा, नर बहादुर पाख्रिन , गोपाल पाण्डे, भुवन केसि, चुन केसी, अनेरास्पवियु दोलखाका संयोजक राशन खड्का लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरु मध्ये अनेरास्ववियु दोलखाका संयोजक रोशन खड्काले प्रतिगमनको विरुद्ध सम्पुर्ण महिला दिदि बहिनिहरु एकजुट भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले प्रतिगमन विरुद्धको आन्दोलनमा अनेरास्ववियुको ऐकेबद्धता रहने धारणा ब्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा बिषेश अतिथि शिव प्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानि कदम बिरुद्ध सम्पुर्ण महिला दिदि बहिनिहरु एकताबद्ध भएर सहि लाई सहि र गलतलाई गलत भनेर छुट्याउन सक्नुपर्ने बताउनुभयो । उहाले पुर्व एमाले र पुर्व माओवादी पार्टी कम्युनिष्ट एकिकरण भए सँगै विलय भएको बताउनुभयो । कार्यक्रमकी प्रमुख अतिति एवं पार्टी जिल्ला ईन्चार्ज देवि खड्काले नेपालि महिला आन्दोलन र कम्युनिष्ट आन्दोलनमा महिलाहरुले खेलेको भुमिका अविस्मरणीय रहेको र प्रतिगमनका विरुद्ध पनि महिलाहरु एकजुट भएर आद्यालनमा लाग्नुपर्ने बताउनुभयो ।

अनेम संघ दोलखाले आईतबार संगठनको पुर्नगठन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्