स्रोत साधनले भ्याएसम्म नगरमा विकासको काम भएको छ अध्यक्ष बोम्जन

स्रोत साधनले भ्याएसम्म नगरमा विकासको काम भएको छ अध्यक्ष बोम्जन

कविता पोखरेल
माघ ६, मरिण गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा परिवर्तन छाएको छ । पालिकाले आफनै पहलमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा विकास निर्माणको काम तिव्र गतिमा भइरहेको अध्यक्ष पानीराज बोम्जनले भन्नुभयो । उहाँको अनुसार पालिकाको सबै वडामा सडक पुगे पश्चात आम नागरिकहरुलाई यात्राको लागि थप सहज भएको दाबी गर्नुभयो ।

शैक्षिक क्षेत्रमा पनि यस पालिकाले उल्लेखनीय प्रगति गरेको देखिन्छ । पालिकाको सबै विद्यालयमा गुणस्तरीय र प्राविधिक शिक्षाको लागि विभिन्न पहल गर्दै आइरहेको अवस्था छ । सुत्केरी महिलाहरुको लागि एक व्यक्ति बराबर ३ हजारको दरले रकम प्रदान गर्दै आएको अध्यक्ष बोम्जनले जानकारी दिनुभयो । विगतको तुलनामा यस पालिकाले चौतर्फी रुपमा विकास निर्माण गरिहेको छ ।

यस्तै, कोरोना भाइरसको उच्च जोखिम रहेकोले संक्रमण न्यूनीकरणको लागि टोलटोलमा सचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सतर्कता अपनाएको अध्यक्ष बोम्जनले बताउनु भयो । बाहिरबाट आएकाहरुलाई सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको अध्यक्ष बोम्जनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्