मिलिजुली कालिञ्चोक साकोसले सुरु गर्यो, नियमित सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम

मिलिजुली कालिञ्चोक साकोसले सुरु गर्यो, नियमित सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम

सुदिप कार्की/दोलखा

 

दोलखाको चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी सस्थाले पाँच दिने सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

मिलिजुली कालिञ्चोक साकोसले आफ्ना शेयर सदस्यहरुलाई २०७७ फागुन १ गतेबाट फागुन ५ गते सम्म सदस्य शिक्षा सिविर तथा वित्तिय साक्षरता कार्यक्रम संचालन गरको हो । संस्थाले फागुन १ गते बैतेश्वर गाउँपालिका वडा नं. ८ क्षेत्रपाबाट सुरु गरिएको सदस्य शिक्षा शिविर तथा वित्तिय साक्षरता कार्यक्रमको संस्थाको केन्द्रिय कार्यालयको हलमा एक समारोहका साथ समापन गरेको हो ।

सस्थाका संचालक सदस्य तथा शिक्षा उपसमिती संयोजक नारायण प्रसाद सापकोटाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा शेयर सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सस्थाको सम्पुर्ण आर्थीक, सामाजिक र सास्कृतिक गतिविधिहरुको बारेमा शेयर सदस्यहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा सकरात्मक सोच, उद्यमशिलता, प्राविधिक कानुनि सम्पति सुद्धिकरण र वित्तिय साक्षरताको बिषयमा सचेतना गराइएको थियो । शेयर सदस्यहरुलाई वित्तिय साक्षरता अनुरुप मानव जिवनको आवश्यकता, आवश्यक खर्च, बजेट निर्माण, बचतको आधुनिक तरिका लगायतको बिषयमा ज्ञान दिइएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागी शेयर सदस्यहरुले यस्तो शिक्षाले हिजो र आज भन्दा भोलिका दिनहरुमा पैसाको ब्यबस्थापन कसरी गर्ने भन्ने दृष्टिकोण परिवर्तन भएको बताएका थिए । आगामी दिनमा बित्तिय स्वतन्त्रा कसरी प्राप्त गर्ने र पैसाको बचत गर्ने तरिकाको बारेमा जानिएको उनिहरुको भनाई छ । समापन कार्यक्रममा संयोजक नारायण प्रसाद सापकोटाले सहभागी सबैमा धन्यवाद दिदैं आगामि दिनमा सस्थाका सम्पुर्ण शेयर सदस्यहरुलाई सदस्य वित्तिय साक्षरता कार्यक्रम संचालन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्