कविता पोखरेल
माघ २२, कोशी गाउँपालिका । सुनसरी जिल्लाको कोशी गाउँपालिकामा विकासको कामले गति लिएसँगै पालिका विकासको लहरमा अघि बढेको अध्यक्ष ऐयुव अंसारीले भन्नुभयो । पालिकाकाले सबै वडामा सडक निर्माण कार्य सम्पन्न भएको छ । स्थानीय सरकारले सडक सञ्जालको कामलाई प्राथामिकता दिए पछि यात्राको लागि थप सहज भएको छ ।
आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाले सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । एक घर एक धाराको अभियान सञ्चालन गरी प्रत्येक टोलटोलमा खानेपानीको व्यवस्था गर्दै आएको छ । जंगली जनावरको पिडीत पालिका रहेकोले यहाँको किसानहरुलाई निकै कष्ठकर हुने अध्यक्ष अंसारीले बताउनु भयो । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको हिसाबले यस पालिका निकै सम्भावना बोकेको स्थान रहेकोले आवश्यक भौतिक संरचनाहरु निर्माण गर्नुका सार्थै धार्मीक कुराहरुको संरक्षण गर्ने काम भएको छ ।
पालिकाको सम्पूर्ण विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गरेको छौं अंसारीले जनाउनु भयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको न्यूनीकरणको लागि पालिकाले आम जनताहरुलाई सचेतना गराएको थियो । बाहिरबाट आएका नागकिरहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्नुका साथैं पी.सी.आर परीक्षेण समेत गरेको थियौं अध्यक्ष अंसारीले भन्नुभयो । स्थानीय सरकारको व्यवस्थापन पछि कोशी गाउँपालिकालाई विकसित बनाउनको लागि पालिकाका, अध्यक्ष अंसारीको विकासको रणनिति र त्यसको कार्यान्वयन पनि त्यक्ति कै अनुकरणीय नै छ ।
प्रतिक्रिया दिनुहोस्