समृद्ध गाउँपालिका निर्माणको अभियानमा जुट्दैं छौं: अध्यक्ष शाही

समृद्ध गाउँपालिका निर्माणको अभियानमा जुट्दैं छौं: अध्यक्ष शाही

कविता पोखरेल
माघ २३, के. आई. सिंह गाउँपालिका । डोटी जिल्लाकोे के. आई. सिंह गाउँपालिकाका जनप्रतिनिधिहरु समृद्ध र सुन्दर गाउँपालिका निर्माणको अभियानमा अघि बढीरहनु भएको छ । एक घर एक धाराको कार्यक्रम सञ्चालन गरी पालिकाको सबै वडामा खानेपानीको काम ८० प्रतिशत सम्पन्न गरेको छ । यो खानेपानीको आयोजनाले सबै नागरिकहरुलाई लाभान्वित पुग्ने पालिकाका, अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताउनु भयो ।

आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाले सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधनी धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । जलस्रोतको हिसाबले जिल्लाकै धनी पालिका रहेकोले आवश्यक सिचाई र पोखरीहरु निर्माण गर्ने काम भएको छ ।

यस्तै, पालिकाकाले किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं युवावर्गहरुलाई पशुपालनमा विशेष पहल गर्दै आइरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि पालिकाले आम नागरिकहरुलाई सचेतना गरेको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाईन र होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथैं आवश्यक वास्थ्य सामाग्रीहरु समेत वितरण कार्य गरेको पालिकाका, अध्यक्ष शाहीले बताउनु भयो । स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा पालिकालाई विकसित बनाउनको लागि पालिकाका, अध्यक्ष शाहीको विकासका योजना र त्यसको कार्यान्वयन पनि त्यत्ति कै अनुकरणीय नै छ ।

प्रतिक्रिया दिनुहोस्