कविता पोखरेल
माघ २३, भोक्राहानरसिंह गाउँपालिका । स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अवधिमा मुलुकको केही स्थानीय तहहरुमा विकाको काम तिव्रगतिमा भइरहेको छ । यिनैं स्थानीय तहहरु मध्येको एउटा गतिलो उदाहरण सुनसरी जिल्लाको भोक्राहानरसिंह गाउँपालिका पनि हो ।
पालिकाले आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको छ । कृषि क्षेत्र अन्तगर्त किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं पशुपालनमा विशेष जोड दिएको छ ।
पालिकाले शैक्षिक क्षेत्र अन्तगर्त सम्पूर्ण विद्यालहरुमा गुणसतरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन देखि विद्यालयमा आवश्यम भौतिक संरचनाहरु निर्माण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि पालिकाकाले आम नागरिकहरुलाई सचेतना गरेको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाईन र होम आईसोलेशनमा राख्ने व्यवस्था गरेको थिायो । स्थानीय सरकारको गठन पछि पालिकालाई समृद्धिको उचाईमा पु¥याउनको लागि पालिकाका, अध्यक्ष यादवको विकासका योजना र त्यसको कार्यान्वयन पनि त्यतिकै अनुकरणीय नै छ ।
प्रतिक्रिया दिनुहोस्