सिस्ने गाउँपालिकामा विकासको कामले तिव्रता पाएको छ: अध्यक्ष गौतम

सिस्ने गाउँपालिकामा विकासको कामले तिव्रता पाएको छ: अध्यक्ष गौतम

कविता पोखेरेल
माघ २२, सिस्ने गाउँपालिका । स्थानीय सरकार गठन भएको छोटो समयमा नै केही स्थानीय तहहरुमा विकासको काम तिव्रगतिमा भइरहेको छ । यिनै, स्थानीय तहहरु मध्ये एउटा उदाहरण रुकुम जिल्लाको सिस्ने गाउँपालिका पनि हो । सुन्दर गाउँपालिका निर्माणको लक्ष्यसहित अगाडी बढीरहनु भएका पालिकाका, अध्यक्ष कुमारी गौतमको योजना र त्यसको कार्यान्वयन वास्तवमै अनुकरणीय नै छ ।

पालिका देखि वडा कार्यलयसम्म जोडने सडकमा कालो पत्रे गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य भइरहेको पालिकाका, अध्यक्ष कुमारी बराल गौतमले भन्नुभयो । एक घर एक धाराको अभियान सञ्चालन गरी प्रत्येक वडामा खानेपानीको व्यवस्था गरेको छ । आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाले सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको अवस्था ।

स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्थ गर्नुका साथैं छोरी बिमाको कार्यक्रम गरेको छ । कृषि क्षेत्र अन्तगर्त किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गरेर अग्र्यानिक गाउँपालिका घोषणा समेत गरेको छ ।

यस्तै, शैक्षिक क्षेत्रमा पालिकाले आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गरको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि पालिकाले आम जनताहरु समक्ष जनचेतना गरेको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न २४ बेड क्षेमता भएको क्वारेन्टाइन र होम आइसोलशनमा राख्ने व्यवस्था समेत गरको पालिका अध्यक्ष गौतमले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्