कविता पोखरेल
माघ १८, तामाकोशी गाउँपालिका । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा स्थानीय सरकारको व्यवस्थापन पछि नयाँ जनप्रतिनिधिको आगमनसँगै भौतिक पूर्वाधारहरको कामले तिव्रता पाएको छ । पालिकामा निर्माण भएका सडकलाई थप स्तरउन्नती गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्ने काम भइरहेको पालिकाका, अध्यक्ष इश्वरचन्द्र पोखरेलले भन्नुभयो । सो सडक निर्माणले आम जनताहरुलाई यात्राको लागि सहज हुनेछ ।
नागरिकहरुको आवश्यतालाई मध्येनजर गर्दै पालिकाको सबै वडामा खेकुद मेदान निर्माण गरेको छ । शैक्षिक क्षेत्रको स्तरउन्नतीको लागि सम्पूर्ण आधारभुत विद्यालयहरुमा शिक्षकलाई तालिम प्रदान गर्दै शिक्षामा गुणस्तरीय र सुर्वसुलभको व्यवस्था गरेको छ । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको अवस्था छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको छ ।
“ एक घर एक धारा ” को अवधारणा राखेको यस पालिकाले सबै वडामा खानेपानी पु¥याउने योजना राखेको अवस्था छ । स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अवधिमा पालिकालाई समृद्धिको उचाईमा पु¥याउनको निम्ती अध्यक्ष पोखेलले गर्नु भएको विकासका कार्यान्वयन र योजनाहरु उत्तिकै अनुकरणीय छ । विश्यव्यापी रुपमा फैलिएको महामारी न्यूनीकरणको लागि पालिकाले आम जनताहरुलाई सतर्कता गर्नुका साथैं बाहिरबाट आएका नागरिकहरुलाई पालिकास्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको पालिकाका, अध्यक्ष पोखरेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्