जलेश्वर नगरपालिकामा चौतर्फी रुपमा विकासको काम हुदैं

जलेश्वर नगरपालिकामा चौतर्फी रुपमा विकासको काम हुदैं

कविता पोखेल
माघ १८, जलेश्वर नगरपालिका । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा चौंतफी विकास निर्माणको काम भइरहेको नगरका, नगर प्रमुख राम शंकर मिश्रले बताउनु भयो । नगरको सबै वडामा सडक पुग्ने भएको छ । निर्माण भएका सडकलाई थप आवश्यक सुधार गर्ने काम भइरहेको र ३४० कि.मी. सडक ढलानको काम सम्पन्न भएको छ । यो सडक निर्माण पछि यात्राको लागि आम नागरिकहरुलाई सहज हुनेछ ।

कृषि क्षेत्र अन्तर्गत किसानहरुको खेतमा बोरिङ जडान गरिएको छ भने युवावर्गहरुलाई सिपखमुलक तालिम प्रदान गर्दै रोजगारीको व्यवस्था गरको छ । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै नगरको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको अवस्था छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको नगर प्रमुख मिश्रले भन्नुभयो ।

नगर भवन सहित वबै वडाको भवनहरु निर्माण कार्य सम्पन्न गरेको छ । शैक्षिक क्षेत्रमा नगरको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गरेको छ । स्थनीय सरकार गठन भएको करिब साढै ३ वर्षको अबधिमा नगरलाई समृद्धिको उचाईमा पु¥याउनको लागि गर्नु भएको विकासका कार्यान्वयन र योजनाहरु वास्तवमै अनुकरणीय छ ।

यस्तैं, विश्वव्यापी रुपमा फैलीको महामारीको समयमा संक्रमण न्यूनीकरणको लागि टोलटोलमा स्वास्थ्यकर्मीहरु परिचालन गरी आम नागरिकहरुलाई सतर्कता अपनाएको थियो । बाहिरबाट आएकाहरुलाई नगरस्तरीय १५० बेड क्षमता भएको सुविध सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियो । आगामी दिनमा आम जनताहरुको साथ सहयोग मिलेमा स्थानीय सरकार पछि नागरिकहरुमा जुन अपेक्षा थियो त्यो पुरा हुने र नगर चाँडै समृद्धिको उचाईमा पुग्ने नगर प्रमुख मिश्रले विस्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्