म्याग्दी जिल्लाको मंगला गाउँपालिकामा विकासको काम गति लिदैं

म्याग्दी जिल्लाको मंगला गाउँपालिकामा विकासको काम गति लिदैं

कविता पोखरेल
माघ १८, मंगला गाउँपालिका । म्याग्दी जिल्लाको मंगला गाउँपालिकामा विकासको कामले तिव्रता पाएको छ । पालिकादेखि वडा कार्यलयसम्म जोड्ने मुख्य सडकको निर्माण सम्पन्न भएको पालिकाका, अध्यक्ष सत प्रसाद रोकाले बताउनु भयो । सो सडक निर्माणले नियमित रुपमा सवारी साधनहरु चल्ने भएकोले यात्राको लागि थप सहज भएको छ ।

आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । यसले विगतको जस्तो सानोतिनो उपचार गर्नको निम्ती जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको छ । पालिकाको सम्पूर्ण विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गरेको छ । यस्तैं, “ एक घर एक धारा ” कार्यक्रम सञ्चालन गरी पालिकाको सबै टोलटोलमा खानेपानी पु¥याएको अवस्था छ ।

स्थानीय सरकारको गठन भएको करिब साढे ३ वर्षको अबधिमा पालिकालाई समृद्धिको उचाईमा पु¥याउनको लागि अध्यक्ष रोकाले गर्नु भएको कार्यान्यवन र योजना वास्तवमै अनुकरणाीय छ । विश्वव्यापी रुपमा फैलिएको महामारी न्यूनीकरणको लागि पालिकाले आम जनताहरुलाई सतर्कता गरेको थियो । कोरोनाबाट प्रभावित भएका पिडीतहरुलाई राहत वितरण गर्नुका साथैं बाहिरबाट आएका नागरिकहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको अध्यक्ष रोकाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्