पालिकामा विकास निर्माणको काम उल्लेखनीय रुपमा हुदैंछ: नगर प्रमुख बजगाई

पालिकामा विकास निर्माणको काम उल्लेखनीय रुपमा हुदैंछ: नगर प्रमुख बजगाई

कविता पोखरेल
माघ १०, लम्कीचुहा नगरपालिका । स्थानीय व्यवस्थापन पछि कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा विकासको कामले फड्को मारेको नगर प्रमुख महादेव बजगाईको भनाई छ ।

आफु नगरमा निर्वाचित भए पश्चात सडक, खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा लगायत अन्य क्षेत्रमा विकास निर्माणको भइरहेको बजगाईले जनाउनु भयो । नगरमा विद्युत निर्माणको काम लगभग अन्तिम चरणमा गुगिसकेको छ । खानेपानी काम अहिले ८० प्रतिशत काम सम्पन्न भएको उहाँले भन्नुभयो । जनताहरुको स्वास्थ्यलाई ध्यानमा राख्ने सबै वडाको कार्यलयहरुमा स्वास्थ्यको पहुच पुग्ने हिसाबले व्यवस्थापन गर्ने र भवन निर्माण गरेको छौं नगर प्रमुख बजगाईले बताउनु भयो ।

शैक्षिक क्षेत्रमा पनि यस पालिकाले धेरै परिवर्तन गर्दै आइरहेको छ । सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षको लागि पहल गर्दै आइरहेको उहाँले भन्नुभयो । किसानरुको लागि पशुपालन र तरकारी खेतिको लागि विभिन्न विउ विजन प्रदान गरेको बजगाइले जनाउनु भयो । समग्रमा पालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धिको यात्रामा अघि बढीरहेको देखिन्छ ।

यस्तै, यस्तै, कोरोनाको उच्च जोखिम रहेको संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रमद्धारा सचेतना गराएको उहाँले भन्नुभयो । बाहिरबाट आएका नागरिकहरुलाई पालिका स्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था समेत गरेका छौं नगर प्रमुख बजगाइले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्