कविता पोखरेल
माघ १७, कमला नगरपालिका । धनुषा जिल्लाको कमला नगरपालिकामा विकास निर्माणको कामले तिव्रता पाएको छ । नगरदेखि वडा कार्यकालयसम्म जोड्ने मुख्य सडकमा पीच गर्ने र सडक नपुगेको ठाउँमा नयाँ सडक निर्माणको लागि नयाँ ट्रयाक खोख्ने काम भइरहेको नगरका, नगर प्रमुख राम उदगार यादवले भन्नुभयो ।
कृषि र स्वास्थ्य क्षेत्रमा पनि यस नगर उल्लेखनीय प्रगति गर्दै आईरहेको अवस्था छ । कृषिमा किसानहरुलाई पोल जडान गर्नुका साथैं वासिन्दाहरुलाई सिलाई कटाईको तालिम प्रदान गरेर रोजगारीको व्यवस्था गरेको छ । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउने लक्ष्य राखेको छ ।
पालिकाभित्र केही स्वास्थ्य भवन निर्माण कार्य सम्पन्न गरेको छ भने केही स्वास्थ्य भवनहरु निर्माणाधिन अवस्थामा रहेको छ । यसले आम जनताहरुलाई विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हट्ने नगर प्रमुख यादवले विस्वास व्यक्त गर्नुभयो । पालिकाको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गर्नुका साथैं विद्यालयहरुको आवश्यक भौतिक संरचनाहरु निर्माण समेत गरेको छ ।
स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा नगरलाई समृद्धिको उचाईमा पु¥याउनको निम्ती नगर प्रमुख यादवले चाल्नु भएको विकास कार्यान्वयन र योजनाहरु उक्तिकै प्रेरणादायी छ । विश्वव्यापी रुपमा फैलिएको महामारी न्यूनीकरणको लागि पालिकाले आम जनताहरुलाई सचेतना गरेको थियो । कोरोनाबाट प्रभावित भएका पिडीतहरुलाई राहत वितरण गर्नुका साथैं बाहिरबाट आएका नागरिकहरुलाई नगरस्तरीय सुविधायुत्त क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था मिलाएका थियौं नगरका, नगर प्रमुख यादवको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्