समृद्ध गाउँपालिका निर्माणको अभियानमा जुट्दैं छौं: अध्यक्ष शेष

समृद्ध गाउँपालिका निर्माणको अभियानमा जुट्दैं छौं: अध्यक्ष शेष

कविता पोखरेल
माघ १८, जनकनन्दिनी गाउँपालिका । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाका जनप्रतिनिधिहरु समृद्ध र नमुना गाउँपालिका निर्माणको अभियानमा जुटेको छन् । पालिका देखि वडा कार्यालयसम्म जोड्ने मुख्य सडकखण्ड निर्माण कार्य सम्पन्न भए पछि अहिले सडक पीच गर्ने काम भइरहेको अध्यक्ष अब्दुल वारिक शेषले भन्नुभयो । सो सडक निर्माण कार्यले आम नागरिकहरुलाई यात्राको लागि थप सहज हुनेछ ।

देशमा बेरोजगारी अवस्था भइरहेको बेला यस जनकनन्दिनी पालिकाले युवावर्गहरुलाई कम्प्यूटर र सिलाई कटाईमा तालिम प्रदान गर्दै रोजगारीको व्यवस्था गरेको छ । जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउने लक्ष्य सहित आवश्यक स्वास्थ्य भवन निर्माणाधिन अवस्थामा रहेको छ । यस विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हट्ने अध्यक्ष शेषले विस्वास व्यक्त गर्नुभयो ।

शैक्षिक क्षेत्रको लागि पालिकाले सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको व्यवस्था गरेको छ भने विद्यालयहरुको आवश्यक भौतिक संरचनाहरु निर्माण समेत गरेको छ । यस्तैं, “ एक घर एक धारा ” कार्यक्रम गरी पालिकाको टोलटोलमा खानेपानी पु¥याउने हिसाबले खानेपानीको प्रोजेक्ट निर्माणाधिन अवस्था रहेको छ ।

यसले खानेपानीको मुख्य समस्या हल हुनेछ । स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा पालिकालाई समृद्धिको यात्रामा लैजान अध्यक्ष शेषले जुन कदम चाल्नुभयो त्यो वास्तवमै अनुकरणीय छ । विश्व महामारीबाट मुलुक तरंगित भइरहेको समयमा यस पालिकाले आफनो नागरिकहरुलाई सुरक्षित राख्नलाई जनचेतनामुलक कार्यक्रम गरी आम आम जनताहरुलाई सचेतना गरेको थियो । बाहिरबाट आएका नागरिकहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको पालिकाका, अध्यक्ष शेषले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्