काठमाडौँ । यस वर्षको दशैंको टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले दशैं घटनास्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले विजयी दशमीको दिन देवी विसर्जन गर्ने साइत भने २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिनुभयो । यस वर्ष असोज १२ गते आइतबारदेखि नवरात्र शुरु हुने छ ।
नवरात्रको पहिलो दिन घटनास्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ । घटस्थापनाको दोस्रो दिन असोज १३ गते नेपाली सेनाको झण्डा फेर्ने साइत तोकिएको छ ।
अध्यक्ष गौतमका अनुसार सेनाको झण्डा फेर्ने साइन बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किर झण्डा फेर्दा उत्तम हुने गौतमले बताउनुभयो ।
यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेटको लागि तय गरिएको छ । १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्