समृद्ध नगरपालिका निर्माण अभियानमा अघि बढ्दैं छौं : नगर प्रमुख यादव

समृद्ध नगरपालिका निर्माण अभियानमा अघि बढ्दैं छौं : नगर प्रमुख यादव

कविता पोखरेल
माघ १७, मिथिला बिहारी नगरपालिका । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाका, नगर प्रमुख समृद्ध र सुन्दर नगरपालिका निर्माणको अभियान जुट्नु भएको छ । नगरको सबै वडामा सडक निर्माण देखि सडक ढलानको काम सम्पन्न भएको छ । विगतको जस्तो यात्रामा कठिनाई हटेको र नियमित रुपमा सवारी साधन चल्ने गरेको नगर प्रमुख अनिल कुमार यादवले भन्नुभयो ।

कृषि र स्वास्थ्य क्षेत्रमा पनि यस नगरले उल्लेखनीय प्रगती गरेको अवस्था छ । स्थानीय वासिन्दाहरुलाई विभिन्न उन्नत जातको विउ विजन प्रदान गर्नका साथै, पशुपालन र तरकारी खेतीको लागि पहल गर्दै आएको छ । नगरले स्वास्थ्य इकाईको व्यवस्था गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्लाको सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्य भएको नगर प्रमुख यादवले बताउनु भयो । नगरको सबै विद्यालमा गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको छ ।

नगर प्रमुख यादवले भन्नुभयो, नगरको भवन पुरानै रहेको छ भने वडा कार्यलयहरुको केही भवनहरु निर्माणाधिन अवस्था रहेको छ । “एक घर एक धारा” कार्यक्रम सञ्चालन गरी नगरको सबै टोलटोलमा खानेपानी सेवा सुविधा पु¥याउने काम गरेको छ । यसले विगतको जस्तो आम नागरिकहरुले सास्ती ब्यहोर्नु पर्ने बाध्यता हराएको छ । स्थानीय सरकार गठन भएको करिब ३ वर्षको अबधिमा नगरका, नगर प्रमुखले समृद्ध र नमुना नगरपालिका निर्माणको लागि जुन कदम चाल्नु भयो त्यो वास्तवमै प्रसंसा योग्य प्ररणादायी छ ।

विश्वका मानिसहरु कोरोनाबाट आतंकित भइरहेको अवस्थामा यस नगरले आफनो नागरिकहरुलाई समयमै कोरोना सम्बन्धि सतर्कता अपनाएको थियो । बाहिरबाट आएका नागरिकहरुलाई सुविधा सम्पन्न २ सय बेड क्षेमता भएको नगरस्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथै, स्वास्थ्यकर्मिहरु परिचालन गरी विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण कार्य गरेको थियो । आगामी दिनमा जनताहरुले जुन अपेक्षा गरेका थिए त्यसलाई मध्येनजर गर्दै नगरपालिकालाई चाँडै समृद्धिको उचाईमा पु¥याउने नगर प्रमुख यादवले प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्