कविता पोखेल
माघ १७, अग्निसाइर कृष्णासवरन गाउँपालिका । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा नयाँ जनप्रतिनिधिको आगमनसँगै विकास निर्माणको कामले फड्को मारेको छ । पालिकाको सबै वडामा सडक निर्माण कार्य सम्पन्न हुनुका साथैं यात्राको लागि थप सहज भएको पालिकाका, अध्यक्ष पर्शुराम चौधरीले भन्नुभयो ।
कृषि र स्वास्थ्य क्षेत्रमा पनि पालिकामा उल्लेखनीय प्रगति भएको छ । किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण साथैं, पशुपालन र तरकारी खेतीमा पहल गर्दै आएको छ । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाले सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको अवस्था छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि सदरमुकाम र राजधनी धाउनु पर्ने बाध्यता अन्य भएको अध्यक्ष चौंधरीको भनाई छ ।
पालिकाकले सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वुलभ शिक्षामा जोडदिने योजना गरेको छ । विभिन्न मठ मन्दिरहरु निर्माण गर्ने देखि वर्थीङ सेन्टरको समेत व्यवस्था गरेको अवस्था छ । स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा अध्यक्ष चौंधरीले पालिकालाई समृद्धिको उचाईमा पु¥याउन लागि जुन योगदान र कार्यान्वयन गर्नुभयो वास्तवमै प्ररणादायी छ ।
विश्वमा आतंकित मच्चाई रहेको कोरोना संक्रमण न्यूनीकरणको लागि पालिकाले आम जनताहरुलाई सतर्कता अपनाएको थियो । कोरोनाबाट प्रभावित भएका वास्तविक पिडीतहरुलाई राहत वितरण गर्नुका साथैं बाहिरबाट आएका नागरिकहरुलाई सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियो । पालिकाले विपन्न तथा दलित वर्गहरुलाई बस्ती निर्माण गर्देको छ । आगामी दिनमा स्थानीय सरकार पछि नागरिकहरुको जुन अपेक्षा थियो त्यसलाई मध्येनजर गर्दै पालिकालाई सुन्दर र नमुना बनाउन निरन्तर लागि पर्ने पालिकाका, अध्यक्ष चौंधरीले प्रतिबद्धता व्यत्ति गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्