कृषिलाई प्राथमिकता दिदै, सिरहाको गोलबजार नगरपालिका

कृषिलाई प्राथमिकता दिदै, सिरहाको गोलबजार नगरपालिका

रचना तिमल्सिना ।

सिराहा जिल्लामा पर्ने गोलबजार नगरपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर काम गरिहेको छ ।

कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको नगरपालिकाका मेयर देवनाथ साहले बताउनुभयो । उहाँका अनुसार कृषीको लागि सिंचाइको ब्यवस्था तथा पशुपालनको लागी किशानहरुलाई अनुदान दिई युवाहरुलाई कृषि तथ पशुपालन तर्फ आकर्षित गरिरहेको छ नगरपालिकाले ।  शैक्षिक क्षेत्रको बिकासको लागि नगरले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको गोलवजार नगरपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । सम्पुर्ण नगरवासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । नगरपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम पनि तिब्र गतिमा भइरहेको छ ।

स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलान्यास भइसकेको छ भने ५० बेडको कोभीड अस्पताल निर्माणाधिन अवस्थामा रहेको नगरपालिकाका मेयर साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्