रचना तिमल्सिना
माघ २४, बाह्रबिसे नगरपालिका । स्थानीय सरकार गठन भएको छोटो अबधिमा मुलुकको केही स्थानीय तहहरुमा विकास निर्माणको काम तिव्रगतिमा भईरहेको छ । यिनै, स्थानीय तहहरु मध्ये एउटा उदाहरण, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका हो । नगरपालिकालाई विकासको लहरमा पु¥याउनको निम्ती नगरका, नगर प्रमुख निमफुन्जो शेर्पाको विकासका योजना र त्यसको कार्यान्वयनको रणनिति वास्तवमै अनुकरणीय नै छ ।
नगरपालिकाले सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गर्नुका साथैं विद्यालयहरुमा आवश्यक भौतिक संरचनाहरु निर्माण देखि शैक्षिक क्षेत्रमा आमुलम परिवर्तन भएको नगरका, नगर प्रमुख निमफुन्जो शेर्पाले बताउनु भयो । निर्माण भएका सडकलाई आवश्यक सुधार गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्ने काम भइरहेको छ ।
आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै नगरे सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । किसानहरुलाई तरकारी खेती गर्नको लागि विभिन्न उन्नत जातको निःशुल्क विउ विजन वितरण गर्नुका साथैं स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुलाई बजारीकरणको व्यवस्था गरी कृषि क्षेत्रमा आमुल परिवर्तन गर्दै आएको छ भने युवावर्गहरुलाई पशुपालनमा रोजगारीको व्यवस्था गरेको छ ।
यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथामको लागि नगरले आम जनताहरुलाई सचेतना गरेको नगर प्रमुख शेर्पाले बताउनु भयो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न १४० बेड क्षेमता भएको क्वारेन्टाईनमा राख्ने व्यवस्था गरेको थियो । आगामी दिनमा नगरलाई विकसित बनाउनको लागि आफु सधैं तम्यार रहेको र स्थानीय सरकारको व्यवस्थापन पछि आम नागरिकहरुको जुन अपेक्षा थियो त्यसलाई पुरा गर्दै जाने नगरका, नगर प्रमुख शेर्पाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्