‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् । सर्खेतको पञ्चपुर नगरपालिकामा स्थानीय तहबाट निर्वाचित जन प्रतिनिधिहरु आएसँगै नगरमा विकासको लहर नै छाएको स्थानीयहरुको भनाई छ । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनतामा नै छोडेको नगर प्रमुख थापा बताउनुहुन्छ । थापा नगरप्रमुखमा निर्वाचित भएयता यहाँका सबै वडामा स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । प्रस्तुत छ, नगर प्रमुख थापासँग गरिएको कुराकानीः
अहिलेसम्म पञ्चपुरी नगरपालिकाका उल्लेख गर्न लायक प्रमुख काम के–के छन् ?
पहिलो काम सडकमा गरेका छौँ हामीले अहिले नगरपालिकाभित्रका सबै सडकहरुको मर्मत सम्भार गरीररहेका छौँ करिब १५/२० वर्ष टिक्ने गरी बनाईरहेका छौँ । त्यसपछि विकट क्षेत्र छापे्र, तातापानी, बाबियाचौरको लेक साईडतिर दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र हाम्रो नगरपालिकाले निर्माण गरिसकेको छ । सुत्केरी प्रोत्साहन भत्ता नगरपालिकाले १४ सय र नेपाल सरकारबाट दुई हजार भत्ता वितरण गरिरहेका छौँ । प्रस्तोताः आगामी चार वर्षका लागि तपाईँको योजना के के छन् ? पाहुनाः हामीले दश वर्षे गुरुयोजना तयार गर्न थालेका छौँ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत पुर्वाधारको लागि प्लानिङ बनाएर काम गर्ने सोचमा छौँ ।
तपाईँको कार्यकालमा पञ्चपुरी कस्तो बनिसक्छ ?
मेरो नगरपालिकाको ११ वडैमा सडक पुग्नुप¥यो, सबै विद्यालयमा बालमैत्री शौचालय निर्माण गर्नुप¥यो, फलफुल, तरकारी खेती अनि पर्यटनका लागि सम्भावना बोकेको नगर छ, पशुपालनको पनि सम्भावना छ, लेक साईडमा स्याउ, कागति नास्पतिको पनि राम्रो सम्भावना छ । अनि पर्यटक भित्र्याउनका लागि पहिलो सबै ठाउँमा सडक निर्माण गरेर अन्य काम गर्ने हो ।
नगरवासीमा स्वास्थ्य चेतना स्तर कस्तो छ ?
अहिले कोरोना माहामारीले गर्दा जनतामा स्वाथ्य चेतना स्तर बढेको पाएको छु । पहिले भन्दा अहिले व्यक्तिगत तथा घरायसी सरसफाई, सामाजिक दुरीको पालना जस्ता कुरामा जनता सचेत छन् । पहिले बिरामी पर्दा घरमै बसेर औषधि गर्ने नागरिकहरु अहिले नजिकैको स्वाथ्य केन्द्रबाट सेवा लिइरहेका छन् । हरेक नागरिकमा आफु स्वस्थ्य हुनुपर्छ र स्वस्थ्य कसरी हुने भन्नेबारे चेतना स्तर बढेको छ । विशेष गरी कोरोना माहामारीसँगै स्वास्थ्य सचेतना बढेको पाएको छु ।
स्वास्थ्य संस्थामा जनशक्ति र स्वास्थ्य सेवा प्रवाहको अवस्था कस्तो छ ?
स्थानीय सरकार आउनुभन्दा पहिला पञ्चपुरी नगरपालिकाका केहि वडामा स्वास्थ्य इकाई थिएनन् । ती वडामा हाल स्वास्थ्य इकाई स्थापना गरेका छौं । पञ्चपुरी नगरपालिकामा स्थानीयवासीलाई स्वास्थ्यको पहुँचमा पुग्न एक घण्टाभन्दा बढी समय नलागोस भनेर स्वास्थ्य इकाई थप गरिएको हो । सबै स्वास्थ्य इकाईमा आवश्यक जनशक्ति छन् । साविक छाप्रे गाविस भौगोलिक विकट क्षेत्र हो । जहाँ तीन वटा बस्ती थिए । दुर्गमताका कारण यहाँका नागरिक उपचारका लागि ३ देखि ४ घण्टा हिड्नु पर्ने बाध्यता थियो । छाप्रेमा दुईवटा स्वास्थ्य इकाई थप गरेपछि हाल सहज भएको छ ।
यसका साथै विद्यापुरको दह सान्नेमा एउटा, तातापानीमा एउटा र लाटीकाँडामा एउटा गरी पाँच वटा स्वास्थ्य इकाई थप गरेका छौ । नगरपालिकाको स्वास्थ्य इकाई नभएका वडामा गत सालदेखि स्वास्थ्यका भवन निर्माण कार्य सुरु गरेका छौं । प्रत्येक वडामा एउटा स्वास्थ्य इकाई स्थापना गर्ने हाम्रो लक्ष्य छ । यसको साथै पञ्चपुरी नगरपालिकामा एउटा एमबीबीएस डाक्टर, दुई जना स्टाफ नर्स र कोभिडको लागि पनि छुट्टै अस्पतालको व्यबस्था गर्ने तयारीमा छौं । त्यसैले अब पञ्चपुरी नगरबासीले उपचार अभावमा मर्नुपर्दैन
तपाईं नगर प्रमुख भएपछि स्वास्थ्यका क्षेत्रमा के–के उपलब्धि भए ?
हामी निर्वाचित भएपछि स्वास्थ्यमा धेरै सुधार भएका छन् । गर्भवती तथा सुत्केरी आमालाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रमहरु ल्याएका छौं । आमा र बच्चाको स्वास्थ्य र पोषणमा सहयोग पुगोस् भनेर दुई हजार रुपैयाँ सुत्केरी प्रोत्साहन भत्ता पालिका मार्फत व्यवस्थापन गरेका छौं । हाल नगरपालिकामा ९४ प्रतिशत महिलाहरुले स्वास्थ्य केन्द्रमा प्रसुती सेवा लिने गरेका छन् ।
बाँकी ६ प्रतिशतलाई एक दुई वर्षभित्र स्वास्थ्यको पहुँचमा ल्याउने योजना छ । यसका साथै सबै वडामा स्वास्थ्य जनचेतना अभियान संञ्चालन गरेका छौं । जसमा हात धोएर खाना खाने, सुरक्षित पानी पिउने, आफुलाई रोगको संक्रमण भएको संकेत पाउनु साथै स्वास्थ्य संस्था जाने, बच्चाको तौल लिने लगाएतका जनचेतनामुलक कार्यक्रम गरिरहेका छौं । ठुलो स्वाथ्य सेवा दिन त हामीले सकेका छैनौ । तर प्राथमिक उपचारसम्म हामीले सहज रुपमै वडामा दिएका छौं । पश्चिम क्षेत्रको बराहताल, पञ्चपुरी, चौकुनेमा कुनै षोष्ट मार्टमका केस भए भने वीरेन्द्रनगर लैजान पर्ने बाध्यता छ । बिहान, बेलुका छाक टार्न मुस्किल हुने परिवारले धेरै खर्च गरेर त्यहाँसम्म शव लैजान नसक्ने भएपछि हामीले पोष्टमार्टमका लागि बाँबियाचौरमै व्यवस्था गर्ने तयारी गरेका छौं । जसका लागि आवश्यक भवन निर्माण गरेका छौं । काम गर्ने जनशक्तिको पनि माग गरेका छौं । अब पोष्टमार्टमका लागि वीरेन्द्रनगर धाउनुपर्ने छैन ।
नगरबासीलाई कोरोना भाईरस संक्रमण हुनबाट बचाउन पालिकाले के कस्ता प्रयास ग¥यो ?
सबैभन्दा पहिले त हामी तीन तहकै सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको ख्याल गर्नुपर्छ । हामी सबै सरकारले आफ्ना नागरिकलाई स्वस्थ बनाउनुपर्छ । तबमात्रै राज्यका लागि दक्ष जनशक्ति उत्पादन हुन्छ । त्यसैले सोही अनुसार कोरोना माहामारी सुरु भएपछि हामीले काम गरेका छौं । पञ्चपुरी नगरपालिकामा करिब तीन हजार ६ सय नागरिक स्वदेश तथा बिदेशबाट गाउँ फर्किए । उनीहरुको व्यवस्थापनको लागि १८ ठाउँमा क्वारेन्टाइन र दुई ठाउँमा आसोलेसनको व्यवस्था गरेका थियौं । नेपाल सरकालको मापदण्ड अनुसार कुनै कसर बाँकी नराखेर नागरिकको स्वास्थ्य सुरक्षामा लागि परेका छौं । हरेक नागरिकलाई कोरोना संक्रमणबाट बचाउन आवश्यक पहल जारी नै छ ।
काम गर्दा चुनौति के–के छन् ?
सबै ठाउँमा सडक नपुग्नु हाम्रा लागि पहिलो चुनौति हो । आवश्यकता धेरै छ । सबै विद्यालयको भवन छैन धेरै जसो ठाउँमा, बालमैत्री शौचालय छैन । खानेपानीको पनि समस्या छ । यो वर्ष धेरैजसो विद्यालहरुको भवन पनि बन्दैछन् । चुनौतिका बिच पनि हामी काम दत्तचित्त भएर काम गरिरहेका छौँ।
प्रतिक्रिया दिनुहोस्