रचना तिमल्सिना
माघ ४ सुरुङगा नगरपालिका । सप्तरी जिल्लाको सुरुङगा नगरपालिकामा विगतको तुलना भन्दा विकास निर्माण तिव्र गतिमा भइरहेको छ ।
सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि अगायत अन्य विविध क्षेत्रमा यस पालिकाले उल्लेखनीय रुपमा विकासको काम गरेको नगर प्रमुख मुक्तिनाथ चौधरीले बताउनु भयो । नगरदेखि वडा कार्यलयलाई जोड्ने सडकखण्ड पुर्ण रुपमा निर्माण कार्य सम्पन्न भएको चौधरीको भनाई छ । कृषि र शैक्षिक क्षेत्रमा पनि पालिकाले उत्तिकै प्रगतिको गरेको छ ।
अध्यक्ष चौधरीको भनाई अनुसार, पालिकाले समग्रमा सम्पूर्ण क्षेत्रलाई समेट्दैं समृद्धिको बाटोमा निरन्तर अघि बढी रहेको छ । यस्तै, कोरोना भाइरसको उच्च जोखिम रहेकोले जनताहरुलाई सुरक्षित राख्नको निम्ती टोलटोलमा सन्देशमुलक कार्यक्रमद्धारा सचेतना गराएको चौधरीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्