तेह्रथुम जिल्लाको छथर गाउँपालिका युवाहरुलाइ स्वरोजगार बनाउन कृषि र पशुपालनमा जोड दिएको छ ।
कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गर्ने तथा बिपन्न बर्गको जीवनस्तरलाई माथि उकास्न सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बताउनु भयो ।
उहाका अनुसार कृषी तथा पशुपालनको लागि पनि किसान हरु लाई विना धितो र विना ब्याज ऋण दिने जस्ता कामहरु पालिकाले थालेको छ । रोजगारीसंगै पालिकाले बिकास र समृदी तर्फको यात्रा लाई पनि अगाडि बढाउनको लागि बिकासका पुर्बाधारहरु शिक्षा ,स्वास्थ रोजगारको राम्रो ब्यवस्था गरेरहेको छ ।
गाउँपालिकाले प्राविधिक एवं गुणस्तरिय शिक्षाको लागी विद्यालय भवनको निर्माण गरिरहेको छ । यस्तै गाउँपालिका भित्रै सुबिधा सम्पन्न अस्पतालको संचालन गरिहेको छ गाउँपालिकाले । सबै वडा बाट पालिकाको केन्द्र सम्म पुग्ने सडकको काम पनि तिब्र गतिमा भैरहेको छ । विश्वब्यापी महामारी कोरोना भाइरसको प्रभावले केही समय ढिला भएको गाउँपालिकाको भवन निर्माण कार्य पनि चाडैं सम्पन्न हुने पालिकाका अध्यक्ष लिम्बुले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्