कविता पोखरेल
माघ ४, त्रिवेणी नगरपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएसँगै पालिका समृद्धिको यात्रामा अघि बढीरहेको छ । पालिकामा सडक, खानेपानी, विद्युत, शिक्षा, पर्यटन, कृषि क्षेत्रमा उल्लेखनीय रुपमा विकास निर्माण कार्य तिव्र गतिमा भइहेको नगर प्रमुख रामसिंह रावलको भनाई छ ।
अहिले सबै वडामा सडक निर्माण कार्य सम्पन्न भए पश्चात नियमित रुपमा सवारी साधन चल्ने भएकोले स्थानीय वासिन्दाहरुलाई यात्रा गर्न सहज भएको त्याहाँका नागरिकहरुको भनाई छ । नगरपालिका कृषि क्षेत्रलाई विशेष प्राथामिकता दिदैं स्थानीय वासिन्दाहरुलाई सिपमुलक तालिम प्रदान गर्ने र रोजगारीको व्यवस्था गर्दै आएको नगर प्रमुख रावलले जनाउनु भयो । स्थानीय स्तरमै नागरिकहरुलाई पशुपालन र तरकारी खेतीमा रोजगार प्रदान गर्दै आएको छ । शैक्षिक क्षेत्रमा नगरले सम्पूर्ण विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको लागि विभिन्न पहल गर्दै आएको छ ।
विद्यालयका भवनहरु निर्माण गर्ने र आवश्यक सुधाार गर्ने कार्य भइरहेको रावलले बताउनु भयो । उहाँको अनुसार, विगतको तुलनामा भन्दा नगरमा विकास निर्माणको कामले गति लिएको छ । नगरको स्रोत साधनले भ्याएसम्म स्वच्छ र सुन्दर नगर अपनाउदैं समृद्धिको बाटोमा अघि बढीरहेको नगर प्रमुख रावल बताउनुहुन्छ । यस्तै, विश्वप्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि नगरले टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरुलाई सतर्कता गराएको नगर प्रमुख रावलले भन्नुभयो । साथै, बाहिरबाट आएकाहरुलाई खान बस्नको लागि सुविधा सम्पन्न क्वारेन्टाइनको व्यवस्था गरेको रावलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्