कविता पोखरेल
माघ १४, तार्केश्वर गाउँपालिका । मुलुकमा स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले कतिपय स्थानीय तहहरुमा विकास निर्माणको काम उदाहरणीय र प्रसंसा योग्य रुपमा भएको छ । यसैं, सन्दर्भमा नुवाकोट जिल्लाको तार्केश्वर गाउँपालिका पनि एक ज्वलन्त उदाहरण बनेको छ ।
पालिकामा भएको सडक सञ्जाल थप सुधार गर्ने सडक चौपाय नपुगेको ठाउँहरुमा सडक निर्माण गर्नुका साथैं सबै वडामा सकड निर्माण सम्पन्न भएको पालिकाका, अध्यक्ष रमेश वस्तीले भन्नुभयो । उक्त सडक निर्माणले आम सर्वसाधाहरुलाई यात्राको लागि निकै सहज भएको र विगतको जस्तो यात्रामा कठिनाई भोग्नु परेको छैन । पालिकामा आवश्यक विद्यालयहरुको भवन निर्माण कार्य सम्पन्न गरेको छ भने शैक्षिक पठन पाठनमा पनि गुणस्तरीय र प्राविधक शिक्षामा जोड दिएको छ ।
यस्तै, आम सर्वसाधारहणको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै प्रत्येक वडामा स्वास्थ्यको पहुच पु¥याउन गरी आवश्यय स्वास्थ्य भवन निर्माण गर्ने योजनामा छौं अध्यक्ष वस्तीले बताउनु भयो । खानेपनीको लागि एक घर एक धाराको रणनीती अपनाएको छ सो, आयोजनाले पालिकाको टोलटोलमा खानेपानी पुग्नेछ । वर्तमान परिपेक्ष्यमा युवाहरुलाई स्थानीय स्तरमै रोजगारीको व्यव्सथापन गर्नको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सम्पन्न भएको र सो कार्यक्रम अन्तर्गत युवाहरुले प्रत्यक्ष लाभान्वित लिने पालिका अध्यक्ष वस्तीले विस्वास व्यक्त गर्नुभयो ।
आफु निर्वाचिमत भए पछि पालिकामा विकास निर्माणको कामले गति लिएसँगै पालिका चाँडैं समृद्धि तर्फ जानेछ उहाँले जनाउनु भयो । कोरोना महामारीको समयमा यस पालिकाले आम नागकिरहरुलाई सचेत गराउन र पालिकालाई कोरोना मुक्त बनाउन लागि सचेतनामुलक कार्यत्रम मार्फन सतर्कता अपनाएको थियो । बाहिरबाट आएका वासिन्दाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियौं अध्यक्ष वस्तीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्