गंगादेव गाउँपालिकालाई कृषि स्मार्ट गाउँ बनाउने लक्ष्य छ : अध्यक्ष खत्री

गंगादेव गाउँपालिकालाई कृषि स्मार्ट गाउँ बनाउने लक्ष्य छ : अध्यक्ष खत्री

रोल्पाको गंगादेव गाउँपालिकामा ९० प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेका छन । कृषि उत्पादन बिक्री गरेर गाउँपालिकाको मनिमारे वडाले मात्रै वार्षिक १० करोड भित्राउने गरेको गंगादेव गाउँपालिकाका अध्यक्ष वीर बहादुर खत्रीले बताउनुभयो ।

गाउँपालिकाका आलु, स्याउ लगायतको नगदेबालिको उच्च सम्भावना रहेकोले आलु पकेट क्षेत्र र स्याउ पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकामा पहिलो स्थान आलुको छ । बारीबाटै किसानहरुले उत्पादन गरेको आलु बिक्रि भईरहेको अवस्था छ । त्यस्तै दोस्रो उत्पादन हो– रायोको बीउ । यस्तै तेस्रो स्थानमा स्याउ पर्दछ । स्याउबाट पनि किसानहरुले मनग्य आम्दानी गरिरहेका छन । आगामी वर्ष अधुरा काम पूरा गर्ने र गाउँपालिकालाई कृषि स्मार्ट गाउँ बनाउने लक्ष्य रहेको अध्यक्ष खत्रीले बताउनुभयो । अब प्रविधि प्रयोगमा पनि जोड दिने नीति लिइएको उहाँले बताउनुभयो । किसानको सोच र शैली बदल्ने, होमस्टे बनाउने तथा कृषि पर्यटन प्रवर्द्धन गर्ने गाउँपालिकाको योजना छ ।
स्मार्ट कृषि गाउँमा बाटो भने जीर्ण छ । दाङबाट सल्यानको कपुरकोट वा रोल्पाको होलेरी हुँदै निगालपानी, कोइला हुँदै झ्यामसम्म जाने बाटो कालोपत्रे नभए पनि आवागमन सहज छ । दाङबाट तीन घण्टामै झ्याम पुग्न सकिन्छ । तर, झ्यामदेखि मनिमारे, नाउलीसम्मको कच्ची सडक अप्ठेरो र साँघुरो छ । कृषि उत्पादन ढुवानी गर्न धेरै समस्या छ किसानहरुलाई । त्यसैले झ्याम–मनिमारे–पारेखण्डको झण्डै ८ किलोमिटर सडक विस्तार गरेर तत्काल कालोपत्रे गर्न स्थानीयले माग गर्दै आएका छन् ।स्थानीयको आग्रहमा सडक विस्तारको विस्तृत अध्ययन गरिएको छ । प्रदेश सरकारले आफ्नो कृषि स्मार्ट गाउँसम्म बाटो पु¥याइदिए यहाँको समृद्धिमा ठूलो टेवा पुग्ने स्थानीय किसान भिमबहादुरले बताउनुभयो ।

यस्तै गाउँपालिकाले प्रत्यक वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकको निर्माणलाई तिब्रता दिएर काम गरिरहेको छ । अध्यक्ष खत्रीका अनुसार समृद्धि गंगादेव गाउँपालिका बनाउने अभियान अन्र्तगत गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । दिनहरुमा विकास निर्माणको अभावका कारण यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो । तर स्थानिय तहको निर्वाचन पछि गाउँपालिकाले कुशल नेतृत्व पाएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर गाउँपालिकामा पनि गरेको थियो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिका लागि परिहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष खत्रीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्