रचना तिमल्सिना
माघ १०, दुर्गा भवानी गाउँपालिका । रौतहट जिल्लाको दुर्गा भवानी गाउँपालिकामा विकासको काम चौतर्फी भइरहेको अध्यक्ष अरुण साहले भन्नुभयो ।
उहाँ भनाई अनुसार पालिकाको सबै वडामा सडक पु¥याउने योजना भइरहेको छ । एक घर एक धाराको अभियान सञ्चालनद्धारा प्रत्येक टोलटोलमा खानेपानी पु¥याउने काम भइरहेको अध्यक्ष साहको भनाई छ । पालिकाको सबै घरधुरीहरुलाई चापाकल वितरण समेत गरेको छौं उहाँले भन्नुभयो । पालिकाले विपन्न घर परिवारहरुलाई जग्गा हस्तान्तरण गर्ने योजनामा र्छौ अध्यक्ष साहले बताउनु भयो ।
विगतको तुलनामा यस पालिकामा विकास निर्माण काम उल्लेखनीय रुपमा भएको अध्यक्ष साह बताउनु हुन्छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेको संक्रमण रोकथामको लागि टोलटालमा विभिन्न जनचेतनामुलक कार्यक्रमद्धारा सचेतना गराएको उहाँे भन्नुभयो । बाहिरबाट आएका नागरिकहरुलाई पालिका स्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था समेत गरेका र्छौ अध्यक्ष साहले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्