कविता पोखरेल
माघ १०, बारागढी गाउँपालिका । बारा जिल्लाको बारागढी गाउँपालिकामा स्थानीय सरकारको व्यवस्थापन पछि विकास निर्माणको कार्यमा आमुल परिवर्तन आएको अध्यक्ष देवदत बछार थारुले भन्नुभयो ।
पालिकाको पत्येक घरघरमा चापाकल वितरण गरेको छौं अध्यक्ष थारुले जनाउनु भयो । निर्माण भएका सडक सुधार गर्नुका साथै सडक नपुगेको स्थानमा निर्माण गर्ने काम भइरहेको थारुले बताउनु भयो । उहाँले भन्नुभयो पालिकाको केही ठाउँमा सडक ढलान गर्ने जारी रहेको छ । ८ करोड लगानीमा पालिका भवन निर्माण भइरहेको छ भने विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको उहाँले भन्नुभयो ।
कृषकहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गरौं र उक्त किसानहरुलाई ५० प्रतिशत छुट गरेको अध्यक्ष थारुले बताउनु भयो । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोेकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहलाई सचेतना गराएको थारुले भन्नुभयो । बाहिरबाट आएकाहरुलाई पालिकास्तीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको उहाँको भनाई छ । स्वास्थ्यकर्मीहरु परिचालन गरी निःशुल्क मास्क, स्यानीटाइजर र साबुन वितरण समेत गरेको अध्यक्ष थारुले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्