मालिका गाउँपालिकामा चौतर्फी विकास निर्माण कार्य हुदैं

मालिका गाउँपालिकामा चौतर्फी विकास निर्माण कार्य हुदैं

कविता पोखरेल
माघ ९, मालिका गाउँपालिका ।
स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै म्याग्दी जिल्लाको मालिका गाउँपालिकामा चौतर्फी रुपमा विकास निर्माण कार्य भएको छ ।

सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायत अन्य विविध क्षेत्रमा विकासको कामले तिव्र गतिमा भइरहेको अध्यक्ष श्री प्रसाद रोकाको भनाई छ । पालिकामा खानेपानीको लागि एक घर एक धाराको योजना सहित टोलटोलमा खानेपानी काम लगभग अन्तिम चरणमा पुगेको अवस्था छ भने बाँकी रहेको काम पनि निर्माण कार्य जारी रहेको अध्यक्ष रोकाले भन्नुभयो । सो योजनाले पालिकाको सबै घर धुरीहरुलाई प्रत्यक्ष लाभ हुने रोकाको विश्वास गर्नुभयो ।

स्वास्थ्य भवन निर्माण कार्य सम्पन्न भएको अध्यक्ष रोकाले बताउनु भयो । शैक्षिक क्षेत्रमा पनी यस पालिकाले उल्लेखनीय प्रगति गर्दै आएको छ । सबै विद्यायलहरुमा गुणस्तरीय र प्राविधिक शिक्षामा विशेष प्राथामिकता दिदैं आइरहेको छ । आफनै स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुलाई बजारको व्यवस्थापन गर्नुका साथै युवाजनशक्तिहरुलाई पशुपालन र तरकारी खेतीमा पहल गर्दै आइरहेको अध्यक्ष रोकाले जनाउनु भयो ।

विगतको तुलनामा भन्दा चौतर्फी रुपमा विकास निर्माण भइरहेको पाईन्छ । सगम्रमा पालिकाको स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धिको उचाईमा अघि बढीरहेको छ । यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि पालिकाले टोलटोलमा स्वास्थ्यकर्मीहरु परिचालन जनताहरुलाई कोरोना सम्बन्धि सतर्कता अपनाएको अध्यक्ष रोकाले जानकारी दिनुभयो । बाहिरबाट आएका नागरिकहरुलाई पालिकास्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियौं अध्यक्ष रोकाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्