रचना तिमल्सिना
माघ १०, जानकी गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि कैलाली जिल्लाको जानकी गाउँपालिका समृद्धिको उचाईमा अघि लम्की रहेको छ ।
विगतको तुलनामा भन्दा यस पालिका विकास निर्माणको कार्य तिव्र गतिमा भइरहेको अध्यक्ष श्री प्रदिप कुमार चौधरी बताउनु हुन्छ । उहाँको अनुसार, सडक पीच गर्ने काम जारी रहेको छ भने पालिकाको सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधि शिक्षामा विशेष पहल गरी रहेको अध्यक्ष चौधरीले भन्नुभयो । पालिका भवन सहित विद्यालयको भवन निर्माण गर्ने योजना रहेको उहाँले जनाउनु भयो ।
युवावर्गहरुलाई पालिकामा विभिन्न सिपमुलक तालिम प्रदान गर्दै पशुपालन र तरकारी खेतीमा आवद्ध गराउदै आइरहेको उहाँले बताउनु भयो । विगतको तुलनामा भन्दा उल्लेखनीय विकास निर्माण कार्य भएको अध्यक्ष चौधरीको दाबी छ । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले पालिकामा आमुल परिर्वन भए पश्चात स्थानीय वासिन्दाहरुमा पनि सकारात्म भावनको विकास भएको देख्न सकिन्छ ।
समग्रमा यस पालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धिको उचाईमा अघि बढीरहेको पाईन्छ । यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत नागरिकहरु समक्ष सचेतना गराएको उहाँको भनाई छ । बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था रहेको अध्यक्ष चौंधरीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्