बाढीपहिरो प्रभावित क्षेत्रमा पुगे मन्त्री गुरुङ, पीडितलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन

बाढीपहिरो प्रभावित क्षेत्रमा पुगे मन्त्री गुरुङ, पीडितलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको बाढि/पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ ।

२२ साउन रातिको वर्षाको कारण आएको बाढीपहिरोले आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका–५, ६ र ८ मा पुर्‍याएको क्षतिबारे मन्त्री गुरुङले स्थलथत अनुगमन अनुगमन गर्नुभएको हो । उक्त पहिरोमा परेर दर्जनौं घरपरिवार विस्थापित भएपछि उनीहरूलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङ आफैं प्रभावित क्षेत्र पुग्नु भएको हो । जिल्ला दैवी प्रकोप समिति तथा सबै स्थानीय तहका प्रमुखहरुसहित प्रभावित क्षेत्रमा पुग्नु भएका उहाँले बाढि, पहिरो प्रभावित टुनिटार, गुरुम्फीमा पीडितलाई सान्त्वना दिनु भएको थियो । साथै उहाँले जिल्ला दैवी प्रकोप समिति र स्थानीय तहलाई आवश्यक समन्वय गरी तत्काल पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनु भएकोछ ।

मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाहरुले पीडितका लागि राहत सामग्री पठाउने क्रम सुरु गरेकाले आईतबारबाट वितरणको काम पनि सुरु गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिनुभयो । उक्त बाढि र पहिरोमापरी कालिञ्चोक गाउँपालिका वडा नम्बर ८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको ज्यान गएको थियो भने ठूलो धनमालको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्