कविता पोखरेल/रतन वि.क.
पौष ७, ङिस्याङ गाउँपालिका । मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालकिामा विकास निर्माणको कार्यले तिव्रता पाएको छ । गाउँपालकामाले सडक, खानेपानी, स्वास्थ्य, कृषि, र पर्यटन क्षेत्रलाई समेट्दै विकास निर्माण कार्यमा अघि बढी रहेको अध्यक्ष कान्छा घलेको भनाई छ । यस्तै, विद्यालयको र पालिका सहित वडा कार्यलयहरुको भवन निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष घलेले बताउनु भयो ।
विगतको तुलनामा विकास निर्माणको कार्य धेरै भएको अनुभुती छ घलेले जनाउनु भयो । समग्रमा पालिकाले सबै क्षेत्रलाई उच्च प्राथामिकता दिदैं निरन्तर अगाडी बढी रहेको पाईन्छ । साथै, कोरोना फैलिन नदिनका लागि पालिकाले विभिन्न जनचेतामुलक कार्यक्रम मार्फत आफना नागरिकहरुलाई सतर्कता अपनाएको अध्यक्ष घलेले भन्नुभयो । बाहिरबाट आएको नागरिकहरुलाई १४ दिनसम्म क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था छ । उनीहरुलाई आवश्यक पी.सी.आर परीक्षण पश्चात घर पठाउने व्यवस्था रहेको अध्यक्ष घलेले जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्