भजनी नगरपालिका समृद्धिको यात्रामा अघि बढ्दैं

भजनी नगरपालिका समृद्धिको यात्रामा अघि बढ्दैं

कविता पोखेल
भजनाी नगरपालिका । कैलाली जिल्लाको भजनी नगरपालिका समृद्धिको यात्रामा निरन्तर अघि बढीरहेका अवस्था छ ।

स्थानीय सरकारको व्यवस्थापन भए पश्चात यस नगरमा भौतिक पूर्वाधाहरु अन्तर्गत पर्ने सडक, पुल, भवन, कृषि, पर्यटन, शिक्षा, खानेपानी लगायत अन्य क्षेत्रमा विकास निर्माणको कार्य तिव्र गतिमा भइरहेको नगर प्रमुख शेर बहादुर चौधरीको भनाई छ । एक घर एक धाराको अभियान सञ्चालनद्धारा नगरको सबै टोलटोलमा खानेपानी पु¥याउने लक्ष्य राखेको छ भने केही घर धुरीहरुमा खानेपानी पुगिसकेको चौधरींले भन्नुभयो ।

नगरमा विजुली बक्ति प्रसारण भएको छ । यस्तै, नगर भवन सहित वडा कार्यलयको भवन निर्माण कार्य सम्पन्न भएको उहाँले भन्नुभयो । कृषि क्षेत्रमा आवश्यक सुधार गर्दै किसानहरुलाई विभिन्न कार्यक्रम मार्फत पशुपालन र तरकारी खेतीको लागि विशेष पहल गर्दै आएको छ । नागरिकहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै यस नगरले सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण गरेको चौधरी बताउनु हुन्छ । समग्रमा नगरको स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धिको बाटो अघि बढीरहेको छ । विगतको तुलनामा भन्दा नगरमा विकास निर्माणको कार्य उल्लेखनीय रुपमा भएको स्पष्ट देख्न सकिन्छ ।

साथै, कोरोना भाइरसको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरुलाई सचेतना गराएको चौधरीले जनाउनु भयो । बाहिरबाट आएकाहरुलाई नगरकै पहलमा सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियौं नगर प्रमुख चौधरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्