कविता पोखरेल
माघ ५, साल्पासिलिछो गाउँपालिका । भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकाको सबै वडामा सडक पगेको छ ।
पालिकामा सडक निर्माण कार्य सम्पन्न भए पश्चात दैनिक रुपमा सवारी साधनहरु चल्ने भएको कारणले स्थानीय वासिन्दाहरुलाई आवत जावतमा थप सजह भएको पालिका अध्यक्ष महेश राईको भनाई छ । स्थानीय वासिन्दाहरुमा यसले सकारात्मक भावनाको विकास भएको देखिन्छ । विगतको जस्तो हिडेर यात्रा गर्न बाध्य हटेको स्थानीय नागकिहरुको भनाई छ ।
नयाँ व्यवस्थापन पछि पालिकामा अन्य क्षेत्रमा पनि विकास निर्माण कार्य उत्तिकै उल्लेखनी र प्रशंसा योग्य रहेको पाईन्छ । स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन लगायत अन्य विविध क्षेत्रमा पनि विकास निर्माण तिव्र गतिमा भइरहेको अध्यक्ष राई बताउनु हुन्छ । पालिका पर्यटन क्षेत्रको हिसाबले निकै महोत्वपूर्ण स्थान रहेको हुनाले विभिन्न धार्मिक क्षेत्रमा विकास निर्माण गरेको छ ।
उहाँले भन्नुभयो, हाल सबै वडामा स्वास्थ्य भवनको व्यवस्था भएको छ । पालिका भवन निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष राईले जनाउनु भयो । पालिको सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको लागि विभिन्न पहल भइरहेको राईले बताउनु भयो । कृषिमा पनि पालिकाले स्थानीयहरुलाई पशुपालन र तरकारी खेतीको लागि जोड दिदैं आएको छ । समग्रमा यस पालिकाले स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दैं समृद्धिको यात्रामा निरनतर अघि बढीरहेको छ ।
यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण न्यूनीकरणको लागि टोलटोलमा विभन्न सन्देशमुलक कार्यक्रमद्धारा आफना नागरिहरुलाई सचेतना गरेको अध्यक्ष राईले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्