जनताहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै कालिकामाई गाउँपालिकाको सबै वडामा हस्पिटल निर्माण

जनताहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै कालिकामाई गाउँपालिकाको सबै वडामा हस्पिटल निर्माण

रचना तिमल्सिना
माघ ४, कालिकामाई गाउँपालिका । जनताहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको ५ वटै वडामा हस्पिटल निर्माण गरेको छ ।

उक्त हस्पिटल निर्माण पश्चात सम्पूर्ण आम जनताहरुलाई बिरामी परेको खण्डमा सजिलै सेवा दिन सकिने र नागरिकहरुले पनि प्रत्यक्ष लाभ लिन सक्ने अध्यक्ष नथुनी प्रसादको विश्वास छ । स्थानीय सरकारको व्यवस्थापन पछि पालिका उल्लेखनीय रुपमा भौतिक पूर्वाधाहरुको काम भएको अध्यक्ष प्रसादको भनाई छ । प्रत्येक वडामा वर्थिङ सेन्टरको निर्माण भएको छ भने ५ वटै वडा कार्यलयको भवन निर्माण कार्य सम्पन्न भएको अध्यक्ष प्रसादले जनाउनु भयो ।

पालिकाले जतनाहरुको भावनालाई कदर गर्दै स्वास्थ्य, कृषि, खानेपानी क्षेत्रमा विकास पनि उतीकै प्रगति गरेको देखिन्छ । करिब ३ करोड पचास लाख बराबरको प्रहरी चौकीं निर्माण गर्नुका साथै पालिकाभित्र केही धर्मशाला निर्माण गर्ने काम जारी छ भने अन्य निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष प्रसाद बताउनु हुन्छ । पालिकामा २ वटा पुल निर्माण कार्य सम्पन्न भएको छ । जनताहरुको माग र चाहानालाई उच्च प्राथामिकता दिदैं करिब पचास हजार पीस ग्यास सिलिन्डर वितरण कार्य समेत गरेको अवस्था छ । समग्र रुपमा हेर्ने हो भने यस पालिकाले स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दै विकासको तिव्र गतिमा अघि बढेको पाईन्छ ।

अध्यक्ष प्रसाद बताउनु हुन्छ, पालिकामा यहीँ गतिमा विकास निर्माण कार्य हुने हो भने चाँडै समृद्धिको उचाईमा पुग्न सक्ने उहाँले भन्नु भयो । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि कोरोना सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सतर्कता अपनाएको उहाँले जनाउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरु र विपन्न घर धुरीहरुलाई महामारीको समयामा चरणमा राहत वितरण गर्नुका साथै, स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरेको अध्यक्ष प्रसादले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्