कविता पोखरेल/रतन वि.क
वालिङ नगरपालिका ।
स्याङजा जिल्लाको वालिङ नगरपालिकामा भौतिक पूर्वाधारहरुको कामा दु्रत गतिमा भइरहेको र नोवेल कोरोना भाइरस बाट बच्न र बचाउन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु प्रभावकारी रुपमा गरिरहेको नगर प्रमुख दिलीप प्रताव खाँणले जानकारी गर्नुभयो ।
वालिङ नगरपालिकामा भौतिक पूर्वाधारहरुका कामहरु मध्ये स्वास्थ्य, शिक्षा, सडक खानेपानी, कृषि, उद्योगको निर्माण, प्रर्यटन प्रबद्र्धनमा विकास पहिलेको भन्दा केहि गुणा बढी भएको नगर प्रमुख खाँणले बताउनु भयो । स्थानीयस्तरमा भएका स्रोत साधनको प्रयोगमा बढी जोड दिएर अगाडि बढ्ने योजना रहेको खाँणले बताउनु भयो ।
यस्तै, विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरसको संक्रमण फैलिन नदिनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफ्ना नागरिकहरुलाई सतर्कता प्रभावकारी रुपमा नगरपालिकाले अपनाएको, माक्स, स्यानिटाइजर, खाने, वस्नेको व्यवस्था गरिरहेको साथै, ५ सैयाको नोवेल कोरोना हस्पिटलको निर्माणको काम सम्पन्न भएको छ । कोरोना भाइरस फैलिन नदिनका लागि नगरपालिकाले १०० वेडको क्वारेन्टाइन र ५० वेडको आइसोेलेसनको व्यवस्था गरेको हो ।
स्थानीय स्तरमा नोवेल कोरोना भाइरस फैलिन नदिका लागि नगरपालिकाले विभिन्न जनचेतना कार्यक्रम गरेको हो ।
विकास र समृद्धिको बाटोमा लम्किरहेको छ, वालिङ नगरपालिका

प्रतिक्रिया दिनुहोस्