रचना तिमल्सिना
माघ १, सान्नी त्रिवेणी गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा एक कुशल र कर्मनिष्ठ जनप्रतिनिधि चुनीएसँगै पालिकमा आमुल परिर्वतन छाएको छ । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायत अन्य विविध क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको अध्यक्ष डम्बर बहादुर शाही भनाई छ ।
पालिकाको केन्द्रदेखि वडा कार्यलयलाई जोड्ने सडक निर्माण कार्य सम्पन्न भएको उहाँले भन्नुभयो । पालिकाको सम्पूर्ण विद्यालयका भवनहरु निर्माण गर्ने शैक्षिक क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको व्यवस्था गरेको अध्यक्ष शाहीले बताउनु भयो । यस पालिकाले विगतको तुलनामा उल्लेखनीय प्रगती गरेको पाईन्छ । समग्रमा सम्पूर्ण क्षेत्रलाई समेट्दै पालिका समृद्धिको यात्रामा निरन्तर अघि बढीरहेको देखिन्छ ।
यस्तै, पालिकामा कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रमद्धारा आफना वासिन्दाहरुलाई सतर्कता अपनाएको अध्यक्ष शाही बताउनु हुन्छ । विदेश वा अन्य क्षेत्रबाट आएकाहरुलाई पालिकास्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको अध्यक्ष शाहीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्