चौतर्फी विकास निर्माण कार्य गर्दै ब्रह्रामापुरी गाउँपालिका

चौतर्फी विकास निर्माण कार्य गर्दै ब्रह्रामापुरी गाउँपालिका

रचना तिमल्सिना
माघ ४, ब्रह्रामापुरी गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै सर्लाही जिल्लाको ब्रह्रामापुरी गाउँपालिकामा चौतर्फी रुपमा विकास निर्माण कार्य भएको अध्यक्ष विनोद कुमार शाहको भनाई छ ।

पालिकाको स्रोत साधनले भ्याएसम्म सडक, खानेपानी, स्वास्थ्य, कृषि, पर्यटन, शिक्षा लगायत अन्य विविध क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको शाहले भन्नुभयो । उहाँको अनुसार, शैक्षिक क्षेत्रमा भएका कमजोरी र सुधार गर्नुका साथै गुणस्तरीय शिक्षमा विशेष जोड दिएको छ । पालिका पर्यटकीय क्षेत्रको हिसाबले निकै महात्वपूर्ण स्थान रहेकोले उक्त क्षेत्रमा आवश्यक सुधार गर्ने कार्य समेत भएको उहाँले बताउनु भयो ।

पालिकाले ३ वडामा वर्थिङ सेन्टर निर्माणाधिन अवस्थामा रहेको छ । पालिकाले आफनै पहलमा प्रहरी चौकी निर्माण कार्य सम्पन्न गरेको छ भने ५ वटा वडामा खानेपानीको २० फिट बराबरको हेन्ट पाईमा वितरण गरेको अध्यक्ष शाह बताउनु हुन्छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि कोरोना सम्बन्धी विभिन्न जनेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सतर्कता अपनाएको उहाँले भन्नु भयो । साथै, महामारीको समयमा विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण कार्य गरेको अध्यक्ष शाहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्