कविता पोखरेल
माघ ४, प्रतापपुर गाउँपालिका । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकामा कृषि र शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगती गरेको छ । स्थानीय जनशक्तिहरुलाई कृषिमा अग्रसर गराउदैं पशुपालन र तरकारी खेतीमा विशेष जोड दिएको अध्यक्ष अन्जु कुमारी चौधरीले भन्नुभयो । उहाँको अनुसार, पालिका विभिन्न रोजगारमुलक तालिम प्रदान गरिएको छ ।
शैक्षिक क्षेत्रमा पहिलो प्राथामिकता दिदैं पालिकाको सम्पूर्ण विद्यालयहरुमा गुणस्तरीय शिक्षामा जोड दिदैं आवश्यक सुधार गर्ने कार्य भइहेको नगर प्रमुख चौधरीले बताउनु भयो । स्थानीय सरकारको व्यवस्थापन पछि पालिका भौतिक पूर्वाधारहरुको काम पनि तिव्र गतिमा भइरहेको उहाँले जनाउनु भयो । पालिका भित्र रहेको सडक सञ्जाललाई सुधार गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य सम्पन्न भएको चौधरीले जनाउनु भयो ।
स्थानीय सरकारको कामप्रति वासिन्दाहरुमा पनि सकारात्मक भावनाको विकास भएको उहाँले भन्नुभयो । समग्रमा चौतर्फी रुपमा विकास निर्माण कार्य भएको र पालिका समृद्धिको यात्रामा रहेको उहाँले जनाउनु भयो । यस्तै, कोरोनाको उच्च जोखिम रहेको हुनाले पालिकाले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक सन्देश प्रचार प्रसार गरी नागरिकहरुलाई सचेतना गराएको अध्यक्ष चौधरीको भनाई ।
प्रतिक्रिया दिनुहोस्