नगरमा विकास निर्माणको काम तिव्र गतिमा हुदैंछ: नगर प्रमुख देवकोटा

नगरमा विकास निर्माणको काम तिव्र गतिमा हुदैंछ: नगर प्रमुख देवकोटा

कविता पोखरेल
माघ ४, ईश्वरपुर नगरपालिका । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकामा विकास निर्माणको कार्य तिव्र गतिमा भइरहेको नगर प्रमुख मनोज कुमार देवकोटाको भनाई छ । सडक, पुल, भवन, खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा विकास निर्माणको कामले तिव्रता पाएसँगै नगरमा आमुल परिर्वतन छाएको देवकोटाले भन्नुभयो । अहिले पनि कतिपय ससक सञ्जालको निर्माण कार्य भइरहेको अवस्था छ ।

सडक कालोपत्रे गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्नुका साथै भएका सडकहरुलाई सुधार गर्ने कार्य भइरहेको छ । उहाँको अनुसार कतीपय स्थानहरुमा सडक सञ्जालको काम पूर्ण रुपमा सम्पन्न भएको छ । नगरपालिकाको भवन निर्माण कार्य सम्पन्न भएको छ भने वडा कार्यलयहरुको भवन निर्माण कार्य तिव्र गतिमा भइरहेको नगर प्रमुख देवकोटाले बताउनु भयो ।

नगरले एक घर एक धाराको अवधारणा गरी प्रत्येक टोलटोलमा खोनेपानी पु¥याउने लक्ष्य रहेको देवकोटाले जनाउनु भयो । कृषि क्षेत्रमा व्यवसायिक रुपमा माछा पालन र पशुपालनमा विशेष प्रथामिकता दिएको छ । पुराना भौतिक पूर्वाधारको कामलाई निरन्तरता दिने काम भइरहेको उहाँले भन्नुभयो । विगतको तुलनामा भन्दा नगरमा विकासको कामले गति लिएको अवस्था छ । समग्रमा सबै क्षेत्रलाई समेट्दैं नगर समृद्धिको यात्रामा अघि बढीरहेको स्पष्ट देख्न सकिन्छ ।

यस्तै, कोरोनन भाइरसबाट प्रभावित भएकार र बाहिरबाट आएका नागरिहरुलाई नगरस्तरीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको देवकोटाले बताउनु भयो । । उनीहरुलाई आवश्यक पी.सी.आर परीक्षण गर्ने व्यवस्था समेत रहेको थियो । कोरोनाबाट प्रभावित भएका अति विपन्न घर धुरीहरुलाई राहत वितरण गर्नुका साथै स्वास्थ्य सामाग्रीहरु समेत वितरण कार्य गरेको नगर प्रमुख देवकोटाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्