कविता पाेखरेल
चम्पादेवी गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा विकास निर्माण कार्य तिव्र गतिमा गइरहेको गाउँपालिका अध्यक्ष नबराज के.सीले वताउनु भएको छ ।
टोलटोलमा मोटरबाटो घरघरमा धारो चम्पादेवी गाउँ पालिका सबै घर उज्यालो भन्ने मुल नाराका साथ चम्पादेवीमा आफू निर्बाचित भएको भन्दै अध्यक्ष के.सीले सोहि अनुरुप काम भएको र टोलटोलमा मोटरबाटो अघिल्लो बर्षनै पुगिसकेको वताउदै यो वर्ष भित्र घरघरमा धारो पनि पुग्ने वताउनु भएको छ ।
अध्यक्ष केसीले पालिकादेखि वडासम्मलाई जोडने सडक निर्माण कार्य सम्पन्न भएको र हाल सबै वडामा यातायातका सवारी साधनहरु निरन्तर रुपमा सञ्चालन भइरहेको वताउनु भएको छ। उहाले चम्पादेवि ३ मा लिफ्टिङ प्रबीधी बाट खानेपानीको व्यवस्थापन गरेको त्यस्तै १र २ नम्बर वडा पलापुमा धमाधम लिफ्टिङको काम भइरहेको र यो वर्ष भित्रमा सकिने भन्दै अध्यक्ष केसीले वडा नम्बर ४,५,६,७,८,९र१० मा पुरानै प्रबीधी मुहान बाट खानेपानीको व्यवस्थापन गरि घरघरमा धारो पुर्याउने काम भएको वताउनु भएको छ । उहाले चम्पादेवी गाउँ पालिकाले सबै घर उज्यालो पार्ने अभियान अन्तर्गत गाउँ पालिकाले २ करोड बजेट को व्यवस्थापन गरेको भन्दै आगामी बर्ष नलाग्दै यहि आ ब भित्र बिजुली बत्तीको व्यवस्थापन गर्ने वताउनु भएको छ । गाउँ पालिका अध्यक्ष नबराज केसीले आफ्नो गाउँ पालिकाले स्वास्थ्य को क्षेत्रमा धेरै नमुना काम गरेको वताउनु भएको छ। उहाँले भन्नू भयो चाहे त्यो बृद्बावृद्धलाई नि:शुल्क दन्त उपाहार कार्यक्रम होस वा सबै वडाहरमा स्वास्थ इकाई निर्माण व्यवस्थापन र सञ्चालन होस वा सबै स्वास्थ्य चौकिमा वर्थिङ सेन्टर स्थापना सञ्चालन गर्ने काम हुन चम्पादेवि गाउँपालिका स्वास्थ्य क्षेत्रमा प्रदेश नम्बर एक को नमुना गाउँ पालिका भएको वताउनु भएको छ । अध्यक्ष केसीले भन्नू भयो हामीले कोभिडका कारण देश ठप्प भएको अवस्थामा समेत आफ्ना नागरिक जो दिर्घरोगिहरु निरन्तर औषधि सेवन गरिरहेका थिए उनिहरुका लागि नि:शुल्क औषधि खरिद गरि घरघरमा वितरण गरिएको वताउनु भयो । अध्यक्ष केसीले आफुले शैक्षिक क्षेत्रमा त्यतिकै जोड दिएको वताउदैँ प्राविधिक शिक्षा गाउँपालिकाको कल्पेश्वर मा बि मा सञ्चालन भएको वताउनु भयो उहाले आफु निर्वाचित भए पछि कल्पेश्वर मा बि लाई ११र१२ सञ्चालन नबजिबन मा बि फेदिगुठलाई ११र१२ सञ्चालन तथा चम्पादेवि ५ मा रहेको सिहदिवि आ बि लाई ८ कक्षा सञ्चालन गरेको वताउनु भएको छ । उहाँका अनुसार ज्ञान ज्योति सामुदायिक क्यामपसकामा पुस्तक व्यवस्थापनका लागि बजेटको व्यवस्था गरेको वताउनु भएको छ । उहाँले भन्नू भयो बिध्यालयका भवन निर्माण तथा शौचालय निर्माण खेलकुद तथा बिध्यालयको घेराबार सबै कुरामा आफुले ध्यान राखेको वताउदै धेरै कामहरु शैक्षिक क्षेत्रमा भएको वताउनु भएको छ । उहाँका अनुसार कृषि क्षेत्रमा आत्मा निर्भर बनाउनका लागि माटो परिक्षण गरि विभिन्न नगदेवालि उत्पादन गरि कृषकलाई आत्मा निर्भर बनाउनका लागि आफ्नो पालिका सरकार रहेको वताउनु भएको छ । उहाका अनुसार आलु ,मसला बालि,फलफुल खेति लगाएतको कामको लागि सबै प्रक्रिया सकियको वताउदै कृषक समूह तथा कृषि फमहरुबाट उक्त कार्यक्रम सञ्चालन गरि कृषि मा गाउँ पालिका आत्मानिर्भर तर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ। अध्यक्ष केसीले आफ्नो गाउँपालिका भित्र पर्यटन विकासका लागि श्री चम्पादेवि ककनि पुर्वधार निर्माण तथा प्याराग्लाइडिङ उडान परिक्षण सगसगै आन्तरिक तथा बाह्य पर्यटकहरु यश गाउँ पालिका भित्र भित्र्याउनका लागि पालिकाले थप पहल गरिरहेको बताउनु भएको छ । गाउँपालिका अध्यक्ष निर्वाचित हुँदा गाउँपालिका भवन मात्रै नभएर कुनै संरचना नरहेको र आफु निर्वाचित भए पछि भवन निर्माण पालिका परिसरमा बृक्षा रोपण कार्यक्रम भएको र ताप्केडाडा को सम्सोधित नाम सुन्दरपुर भएको वताउनु भएको छ। साथै, एउटा वडा कार्यलयको भवन निर्माणको काम सम्पन्न भएको र अरु वडामा काम भईरहेको उहाले वताउनु भएको छ ।
समग्रमा सम्पूर्ण क्षेत्रलाई समेट्दैं पालिका समृद्धिको उचाईमा निरन्तर अघि बढी रहेको छ । विगतको तुलनामा यस पालिकामा उल्लेखनीय विकास निर्माण कार्य भएको अध्यक्ष के.सीले भन्नुभयो । यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि पालिकाले टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रमद्धारा आफना नागरिकहरु समक्ष सचेतना गराएको उहाँले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका र विपन्न घर परिवारहरुलाई राहत वितरण समेत गरेको अध्यक्ष के.सीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्