कविता पाेखरेल
पातारासी गाउँपालिका । जुम्ला जिल्लाको पातारासी गाउँपालिकाको सबै वडामा खानेपानी र सडक पुगेको छ । उक्त सडक निर्माण भए पश्चात आम वासिन्दाहरुलाई आवत जावत गर्नमा सहज भएको अध्यक्ष श्री लछिमन बोहोराले भन्नुभयो ।
आफु पालिकामा निर्वाचित भए पश्चात सडक खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रलाई प्राथामिकतामा राख्दै विकास निर्माण कार्यमा अघि बढेको उहाँको भनाई । भौगोलिक रुपमा पिछडिएको कर्णाली प्रदेश अन्तगर्त पर्ने जुम्ला जिल्लाको पातारासी गाउँपालिकालाई विकसित बनाउन आफु निरन्तर लागि परेको अध्यक्ष बोहोरा बताउनु हुन्छ । अहिले पनि भौतिक पूर्वाधारहरुकोे काम निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष बोहोराले जनाउनु भयो । विगतको तुलनामा यस पालिकामा विकास निर्माण कार्य उल्लेखनीय रुपमा भएको देख्न सकिन्छ ।
पालिकाको स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धिको यात्रामा अघि बढीरहेको छौं अध्यक्ष बोहारोले भन्नुभयो । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा गई विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सतर्कता अपनाएको उहाँले बताउनु भयो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्थन गरेको अध्यक्ष बोहोराले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्