नेपाल पत्रकार महासंघ दोलखाको नेतृत्वको लागी चौलागाईं र शिवाकोटी चुनावी मैदानमा

नेपाल पत्रकार महासंघ दोलखाको नेतृत्वको लागी चौलागाईं र शिवाकोटी चुनावी मैदानमा

काठमाण्डौं ।

नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको नयाँ कार्यसमितिको अध्यक्षका लागी दुई जना चुनावी मैदानमा उत्रिएका छन ।

अध्यक्ष पदका लागी नेपाली कांग्रेस निकट प्रेस युनियन, नेकपा माओवादि निकट प्रेस संगठन र एमालेको प्रेश चौतारी (नेपाल पक्ष)को संयुक्त गठबन्धनबाट प्रेश युनियन दोलखाका अध्यक्ष पत्रकार दिपशंकर चौलागाई र नेकपा एमालेको प्रेश चौतारी (ओली समुह)को तर्फबाट पत्रकार केदार शिवाकोटी चुनावी मैदानमा हुनुहुन्छ ।

त्यसैगरि खुल्ला उपाध्यक्षमा संयुक्त प्यानलबाट श्रीजन कुमार घिमिरे, महिला उपाध्यक्षमा सिर्जना थापा खड्का, सचिवमा दिलबहादुर केसी, सहसचिव खुल्ला तर्फ बलराम शिवाकोटी, कोषाध्यक्षमा नविनकुमार खतिवडाको उम्मेद्धारी परेको छ । खुल्ला उपाध्यक्षमा प्रेश चौतारी ओलीपक्षको तर्फबाट वर्तमान कार्यसमितिका कोषाध्यक्ष शेर बहादुर भुजेल, महिला उपाध्यक्षमा मन्दिरा थापा, सचिवमा विनिता शिवाकोटी, सहसचिव खुल्ला तर्फ बिमला बुढाथोकी र कोषाध्यक्षमा गायत्री आचार्यले उम्मेद्धारी दर्ता गर्नुभएको छ ।

यसैगरि महासंघको ६ कार्यसमिति सदस्यका लागी संयुक्त प्यानलबाट खुल्ला सदस्यमा गौतम जिरेल, रविन्द्र गौतम, गोकर्ण प्रसाद भण्डारी, बलराम केसी, केदार दहाल र शुसान्त कार्की, महिला सदस्यतर्फ दुर्गा बस्नेत, आदिवासी जनजाति सदस्यमा गोपिलाल तामाङको उम्मेद्धारी परेको छ । प्रेश चौतारी ओली पक्षबाट खुल्ला सदस्यमा तारा बहादुर महत, पुस्कर महत, मुना गुरुङ, दिपक बस्नेत, रामचन्द्र खड्का र तुल्सी मानन्धर, महिला सदस्यमा इश्वरी दहाल, आदिवासी जनजाति सदस्यमा कैलाश लामाले उम्मेद्धारी दर्ता गर्नुभएको छ ।

३ जना केन्द्रिय परिषद सदस्यका लागी संयुक्त प्यानलबाट शिवकुमार भुजेल, लक्ष्मी बस्नेत, सुवास योन्जन र ओली निकट प्रेस चौतारीबाट निता राउत, जानुका न्यौपाने, शर्मिला बुढाथोकीले उम्मेद्धारी दिनुभएको छ । ७ जना प्रदेश परिषद सदस्यका लागी संयुक्त प्यानलबाट लालकुमार मोक्तान, उपेन्द्र प्रधान, सिर्जना गोले, शिवजी प्रधान, बलराम खड्का र डम्बर चौलागाईले उम्मेद्धारी दर्ता गर्नुभएको छ भने ओली निकट प्रेश चौतारीबाट जगदिश शिवाकोटी, शान्तबहादुर जिरेल, अर्जुन दहाल, अर्जुन गौतम, रामचन्द्र गिरि, कोपिला काफ्ले र कुमार जिरेलको उम्मेद्धारी परेको छ । महासंघको नयाँ नेतृत्व चयनका लागी भोली (चैत्र २५ गते) एकसाथ निर्वाचन हँुदैछ । दोलखामा १ सय १२ पत्रकारले मतदान गर्न पाउनेछन ।यसैबीच, नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको सहसचिव पदमा उषा तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ । केदार शिवाकोटी प्यानलबाट समावेशी सहसचिव पदमा उम्ेमद्धारी दिनुभएकी तामाङ निर्विरोध निर्वाचित हुनुभएको हो । संयुक्त प्यानल मार्फत प्रेश सेन्टर दोलखाको तर्फबाट उम्मेद्धारी दिनुभएका फुर्वा तामाङले उम्मेद्धारी फिर्ता लिनु भएसँगै तामाङ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरि संयुक्त प्यानलबाट कार्यसमिति सदस्य पदमा सुन्तली थामी निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्