रचाना तिमल्सिना
माघ १, परिवर्तन गाउँपालिका । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएको अवस्था छ । स्थानीय सरकारको व्यवस्थापन पछि यस पालिकाले विकास निर्माणको विभिन्न पहल गरिरहेको अध्यक्ष कान्त डाँगीको भनाई छ ।
आाफु पालिकामा निर्वाचित भए पश्चात सडक, खानेपानी, पुल, स्वास्थ्य, कृषि, स्वास्थ्य लगायत अन्य क्षेत्रमा विकासको काम भइरहेको अध्यक्ष डाँगीले भन्नुभयो । उहाँको अनुसार, एक घर एक धाराको अभियान सञ्चालनद्धारा प्रत्येक टोलटोलमा खानेपानी पुगेको अध्यक्ष डाँडीले बताउनु भयो । खेलकुद क्षेत्रमा पालिकाले खेलकुद मैदान निर्माण कार्य सम्पन्न भएको उहाँ जनाउनु भयो ।
किसानहरुको लागि कृषकहरुको लागि ९० हजारको कागतीको विरुवा वितरण गर्नुका साथै पशुपालनमा जोड दिएको अध्यक्ष डाँगीले भन्नुभयो । पालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ । सो भवन निर्माणको लागि २ करोड ५० लाख रुपैया लागत लागेको डाँडीले बताउनु भयो । सडक सञ्जालको निर्माण कार्य सम्पन्न भए पछि अहिले नियमित रुपमा सवारी साधन उहाँले भन्नुभयो ।
यस्तै, पालिकामा कोरोेनाको उच्च जोखिम रहेकोले संक्रमण रोेकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सचेतना गराएको नगर प्रमुख ढुंगानाले भन्नुभयो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको अध्यक्ष डाँगीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्