कविता पोखेल
माघ १२, रंगेली नगरपालिका । मोरुङ जिल्लाको रंगेली नगरपालिकामा भौतिक पूर्वाधारको कामले तिव्रता पाएको छ ।
नगरमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि पर्यटन लगायत अन्य क्षेत्रमा तिव्र गतिमा विकास निर्माण कार्य भइरहेको प्रशासकिय अधिकृत टाेम प्रसाद सुवेदीले बताउनु भयो । पालिका र वडा कार्यलयलाई जोड्ने सडक निर्माण कार्य सम्पन्न भएको छ । शैक्षिक क्षेत्रमा सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको लागि पहल गर्दै आएको छौं सुवेदीले बताउँनु भयो ।
नगरको भवन निर्माण कार्य सम्पन्न भएको छ भने वडा कार्यलयको केही भवन निर्माण सम्पन्न भएको सुवेदीले जनाउनु भयो । किसानहरुको लागि आवश्यक विउ विजन वितरण गर्नुका साथैं पशुपालनको लागि विभिन्न योजनाहरु भइरहेको छ । स्थानीय सरकारको व्यवस्थापन पछि विगतको तुललनामा भन्दा उल्लेखनीय विकास निर्माण कार्य भएको सुवेदीले बताउनु हुन्छ ।
समग्रमा नगरको स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दैं नगरलाई समृद्ध बनाउन नगरदेखि जनताहरु निरन्तर लागि परेको देखिन्छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि नगरले आम जनताहरुलाई सतर्कता अपनाएको उहाँले भन्नुभयो । बाहिरबाट आएको नागरिकहरुलाई नगरस्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियौं सुवेदीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्