कविता पोखरेल ।
ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकाको जनप्रतिनिधिहरुले जनाताहरुको भावनालाई कदर गर्दै विकास निर्माण कार्य तिव्र गतिमा गरीरहेको छन् । गाउँपालिकामा रहेका कच्ची सडकलाई सुधार गर्ने र सडक नपुगेको ठाउँमा निर्माण कार्य भइरहेको अध्यक्ष रुद्र प्रसाद अधिकारीको भनाई छ । २ वटा विद्यलयमा बाली विज्ञान, सिभिलइन्जिनर पठन पाठन सुरु भईरहेको र खानेपानी, कृषि, लगायत अन्य क्षेत्रमा उल्लेखनीय विकास निर्माण कार्य भएको अध्यक्ष अधिकारीले भन्नुभयो । कृषि र पशुपालन क्षेत्रलाई विषेश जोडदिई पालिकामै रोजगारीको सृजना गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताउनु भएको छ ।
गाउँपालिकामा विद्यलयका भवनहरु ३० देखि ३५ सम्म निर्माणको काम सम्पन्न भई पठन पाठन सुरु भईरहेको छ । पालिकाको सबै विद्यालयमा गुणस्तरीय शिक्षामा जोड दिएको समेत उहाँले जनाउनु भयो । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरुलाई सतर्कता अपनाएको अध्यक्ष अधिकारीले बताउनु भयो । आगामी दिनमा पालिकाको स्रोत साधनले भ्याएसम्म समृद्धिको काम गर्दै जाने अध्यक्ष अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्